गुल्मी १ मा चन्द्र भण्डारीको अग्रता कायमै, पछ्याउँदै प्रदीप

काठमाडाैं । गुल्मी क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले अग्रता बनाएका छन् । उनले ६५४ मतको अग्रता बनाएका हुन् ।

बुधबार राति साढे ११ बजेको मतपरिणामअनुसार भण्डारीले ६ हजार ५ मत प्राप्त गर्दा एमालेका उम्मेदवार प्रदीप ज्ञवलीले ५ हजार ३५१ मतसहित पछ्याइरहेका छन् ।

क्षेत्र नम्बर २ मा भने एमालेका गोकर्ष विष्ट विजयी भइसकेका छन् । उनले गठबन्धनतर्फबाट उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी रामकुमारी झाँक्रीलाई पराजित गरेका हुन् ।

झाँक्री २ हजार ३५ मतले पराजित भएकी हुन् । विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरे भने झाँक्रीले २६ हजार ४ सय ४२ मत पाइन् ।

चुनावमा गरेका बाचा इमान्दारीका साथ पूरा गर्छु : प्रदीप पौडेल

प्रतिनिधिसभामा काठमाडौं–५ बाट निर्वाचित प्रदीप पौडेलले चुनावमा गरेका बाचा इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफू निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले जनताका समस्या समाधान र देशलाई अघि बढाउन यसअघि गरेका बाचा इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले ढल, खानेपानी, प्रदुषणलगायत विभिन्न समस्याहरुलाई केन्द्रीय सरकारको योजनामा राखेर समाधान गर्ने जिकिर गरे । विकासका मुद्दाहरुलाई प्राथमिकताका साथ अघि बढाउने र राष्ट्रको जिम्मेवारीलाई पनि पूरा गर्ने उनले बताए ।

उहाले देशका महत्वपूर्ण मुद्दाहरुमा आफ्नो उपस्थिति देखाउने बताएका छन् ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ राप्रपाले पनि कटायो एक लाख मत

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ राप्रपाले पनि एक लाख मत कटाएको छ । समानुपातिकतर्फ एक लाखभन्दा बढी मत ल्याउने राप्रपा पाँचौं दल हो ।

निर्वाचन आयोगका अनुसार हालसम्म भएको मत गणना अनुसार समानुपातिकतर्फ एमालेले सर्वाधिक मत प्राप्त गरेको छ । एमालेले अहिलेसम्म ३ लाख ८५ हजार ६२६ मतसहित पहिलो स्थान ओगटेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ३ लाख ५५ हजार ७९९ मत प्राप्त गरेको छ । यस्तै, तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ३ हजार २१५ मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १ लाख ९ हजार ११४ मत पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *