घण्टीले पाएकाे मत देखेर एमाले अध्यक्ष ओलीले गरे यस्ताे टिप्पणी !

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको निर्वाचनबाट देश झनै अस्थिरतातर्फ जाने दाबी गरेका छन् ।

झापामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको निर्वाचन स्थिर सरकार दिने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको र देश झनै अस्थिरतामा फस्ने देखिएको भन्दै चिन्ता व्यक्त गरे ।

कुनै पनि दलको बहुमत नआउने भन्दै अध्यक्ष ओलीले नयाँ सरकार बन्न कठिन देखिएको बताए । सरकार बनाउन र टिकाउनकै लागि सांसदहरुको मोलतोल सुरु हुने उनले बताए ।

सांसदहरुको मोलतोल गर्दैमा समय सकिने भन्दै अध्यक्ष ओलीले अब बन्ने सरकारले पनि मुलुक र जनताको काम गर्न नसक्ने दाबी गरे । मतदाताले यस निर्वाचनमा कसैलाई पनि बहुमत नदिएको भन्दै अध्यक्ष ओलीले मतदाताकै कारण अब फेरि सरकार गठनमा मोलतोल, भागबण्डाको खेल सुरु हुने ओलीले टिप्पणी गरे ।

निर्वाचनको मत परिणामलाई लक्षित गर्दै ओलीले कतिपय मानिसले राजनीतिलाई रमाइलोको रुपमा लिएको भन्दै त्यसो नगर्न आग्रह गरे ।

निर्वाचन परिणामबारे ओलीको टिप्पणी :

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको रक्षा, देशको विकास र समृद्धिबारे आम मतदातालाई गम्भीर बनाउन नसक्दा देशका लागि प्रतिकुल परिणाम आएको बताएका छन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिभि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणामलाई लिएर ओलीले देशलाई कुन बाटो दिने, कस्तो देश बनाउने भन्ने कुरामा मतदाता गम्भीर र स्पष्ट नभएको पाइएको बताएका हुन् ।

झापा–५ मा ओलीले आज निर्वाचित भएको प्रमणपत्र ग्रहण गर्दै भने, ‘मतदानको परिणामले मतदातामा त्यो गम्भीरता नरहेको हो कि भन्ने देखिएको छ । यसमा हामी राजनीतिक पार्टीले जनतामा राम्रोसँग शिक्षा पुर्‍याउन नसकेको हो कि,

अथवा जनताको मनोभावना वा समस्याहरू उपयुक्त ढङ्गबाट सम्बोधन गर्न नसकेको हो कि । जसले गर्दा जनतामा फेरि पनि अलिकति बहकाव, अलिकित उदासिनता जस्ता कुराहरू पनि देखिएका छन् । जसलाई आगामी दिनमा हामीले घटाउँदै जानुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *