१०० क्षेत्रको नतिजा सार्वजनिक, कसले कति सिट जिते ?

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको १०० निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । १०० निर्वाचन क्षेत्रको मत परिणामअनुसार नेपाली कांग्रेसले ३६ स्थानमा जित हात पारेको छ । कांग्रेसले जारी मतगणना भइरहेका ६२ क्षेत्रमा कांग्रेसले १८ स्थानमा अग्रता कायम राखेको छ ।

एमाले दोस्रो स्थानमा छ । एमाले २२ निर्वाचन क्षेत्रमा विजयी छ भने २५ स्थानमा अग्रता लिइरहेको छ । नेकपा माओवादी केन्द्रले ९ सिट जित्दा ७ सिटमा मात्रै अग्रता कायम गर्न सकेको छ ।

एकीकृत समाजवादीले ९ क्षेत्रमा निर्वाचन जितेको छ भने अझै एक स्थानमा अग्रता बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हात पारेको छ भने एक क्षत्रेमा अग्रस्थानमा छ ।

राप्रपाले ४ सिट जितिसकेको छ भने २ सिटमा अग्रता कायम गरेको छ । जसपाले २ सिट जितेर ४ स्थानको मतगणनामा अघि छ । २ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टीले २ क्षेत्रमा अग्रता बनाएको छ ।

२ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले एउटा निर्वाचन क्षेत्रमा अग्रस्थान लिएको छ । नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले एक-एक स्थानमा जितेका छन् । स्वतनत्र उम्मेदवारहरुले चार क्षेत्रमा जित हात पारेका छन् ।

रौतहट-३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित 

नेकपा (एमाले) को टिकट बहिष्कार गरेर रौतहट-३ बाट स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह फराकिलो मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

उनी प्रतिस्पर्धामा रहेका अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशलाई सात हजार मतान्तरले पराजित गर्दै चौथो पटक निर्वाचित भएका हुन्। उनले ३२ हजार ४३७ मत पाए।

उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ओमप्रकाशले २५ हजार दुई सय मत पाए। त्यस्तै, नेकपा (माओवादी केन्द्र)का रविन्द्र पटेलले आठ हजार ५५८ र नागरिक उन्मुक्ति पार्टीका नागेन्द्र चौधरीले एक हजार ७३२ मत पाए।

जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको भन्दै एमालेको टिकट वहिष्कार गरे। उनले नेकपा विभाजन हुँदा एमाले रोजेका थिए। उनी यसअघि २०६४, २०७० र २०७४ सालमा माओवादीबाट निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *