विश्वकप फुटबल माेवाइल, कम्प्युटरमा यसरी हेर्नुस् ‘लाइभ फ्री’

काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गतका सम्पूर्ण खेलहरु माेवाइल ल्यापटप कम्प्युटरमा हेर्न तलकाे लिङ्कमा क्लिक गर्नुहाेस् । संसारकाे कुनै पनि ठाउँबाट लाइभ फ्री हेर्न सकिन्छ ।

विश्वकप फुटवल २०२२  लाइभ LIVE MATCH

नेपालमा टेलिभिजनमा मात्र हेर्न सकिन्छ । त्यसका लागि छुट्टै पैसा तिर्नुपर्छ । माथिकाे लिङ्कमा क्लिक गरेपछि सिधै अहिले चलिरहेकाे खेल लाइभ हेर्न सक्नुहुन्छ । मोबाइलबाट निःशुल्क रुपमा विश्वकपको प्रत्यक्ष प्रसारण हेर्नको लागि तपाईंले वेब ब्राउजरबाट https://9goal.tv/ लगअन गरेर हेर्न सक्नुहुन्छ ।

मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । उक्त प्रतियोगिता २८ दिनसम्म चल्नेछ।

त्यसबीचमा कुल ६४ प्रतिस्पर्धाहरू हुन्छन् र फाइनल खेल डिसेम्बर १८ मा हुनेछ। हरेक चार वर्षमा हुने विश्वकप फुटबल प्रतियोगिताको स्कोर र खेल तालिका तपाईँ हाम्रो यो पेजमा हेर्न सक्नुहुनेछ।

नेपालमा पनि फुटबल खेलका निकै ठूलो संख्यामा प्रशंसकहरु छन् । यसअघि घरघरमा टेलिभिजनमार्फत् सहजै रुपमा हेर्ने सुविधा भएकोमा यसपटक भने भिन्न प्याकेजमार्फत् खरिद गरेर मात्रै विश्वकप हेर्न पाइने व्यवस्था गरिएको छ ।

नेपालमा विश्वकप पदर्शनको अधिकार मिडिया हबले ४० करोड रुपैयाँ तिरेर लिएको छ । मिडिया हबले विश्वकप फुटबल महासंघसँग प्रसारण अधिकार लिँदा टेरिटरी लक हुने अधिकार पनि लिएको छ, जुन फिफाले यो वर्षदेखि अख्तियार गरेको नयाँ नीति हो । अर्थात् मिडिया हबले स्वीकृति दिएर प्रसारण हुने बाहेकका टिभी च्यानलमा विश्वकप प्रसारण हुँदैन ।

यसअघि भारतीय च्यानलहरुसँग सम्झौता गरी नेपालमा विश्वकप प्रसारण गरिएको थियो । जसले गर्दा नेपाली दर्शकहरुलाई विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सस्तो परेको थियो ।

तर, यसपटक भने मिडिया हबको प्रसारणमा व्यवसायिक एकाधिकार भएसँगै दर्शकहरुका लागि शःशुल्क र महँगो पर्न गएको छ । यसलाई एक्सक्लुसिभ अधिकार भनिन्छ, जुन नेपालमै पहिलोपटक प्रयोग भएको हो ।

मिडिया हबले ५०० रुपैयाँ तिरेर विश्वकप हेर्न सक्ने व्यवस्था गरेपनि कतिपय ग्राहकले पैसा र्तिदा पनि विश्वकप हेर्न नपाएको गुनासो सामाजिक सञ्जालमा व्याप्त छ ।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । कतारमा जारी फिफा विश्वकप अन्तर्गत अहिले भइरहेको घानाविरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले उक्त कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले दोस्रो हाफमा पेनाल्टी गोल गर्दै घानाविरुद्ध पोर्गुललाई अग्रता दिलाएका छन् । सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका रोनाल्डोले त्यसयता हरेक विश्वकप खेल्दै गोल समेत गरेका छन् ।

उनले २००६, २०१० र २०१४ को विश्वकपमा १-१ गोल गरेका थिए भने २०१८ को विश्वकपमा ४ गोल गरेका थिए । विश्वकपमा रोनाल्डोको कूल गोलसंख्या ८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *