प्रदिप ज्ञवाली र चन्द्र भण्डारीबीच कडा टक्कर, १२० मतको अन्तर

काठमाडाैं । गुल्मी १ मा नेकपा एमालेका नेता प्रदिप ज्ञवाली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीबीच प्रतिस्पर्धा रोचक बन्दै गएको छ। उनीहरूबीच जम्मा १२० मतको अन्तर छ। अहिले एमालेका ज्ञवालीले अग्रता लिइरहेका छन्।

पछिल्लो परिणाम अनुसार उनले २२ हजार ०६९ मत ल्याएका छन्। नेपाली कांग्रेसका नेता भण्डारीले भने २१ हजार ९४९ मतका साथ उनलाई पछ्याइरहेका छन्।

दयेश त्रिपाठीलाई हराउँदै विनोद चौधरीले जिते नवलपरासी क्षेत्र नम्बर १ 

नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले प्रतिनिधि सभा सदस्यमा जीत हासिल गरेका छन्। चौधरीले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई हराउँदै जीत हात पारेका हुन्।

यसअघि पाँचपटक सोही क्षेत्रबाट सांसद भइसकेका हृदयेश त्रिपाठी यसपालि भने पराजीत भएका छन्। त्यस्तै समानुपातिकतर्फबाट दुई पटक सांसद भएका चौधरी यसपटक पहिलोपटक प्रत्यक्षबाट निर्वाचन लडेका हुन्।

चौधरीले २९४९५ मत ल्याएका छन् भने त्रिपाठीले २२३०८ मत ल्याए। नवलपरासी- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरी पनि बलियो प्रतिस्पर्धामा थिए। उनले १२४९९ मत पाए।

भोजपुरमा माओवादी केन्द्रका सुदन किराँती विजयी

भोजपुरमा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा माओवादी केन्द्रका सुदन किराँती विजयी भएका छन् । किरातीले एमालेका शेरधन राईलाई २३८५ मतको अग्रतामा पराजित गरेका हुन् । किराँतीले २८ हजार ५७८ मत प्राप्त गरेका छन् भने राईले २६ हजार १९३ मत प्राप्त गरेका छन् ।

किराँती २०६४ साल र २०७४ सालमा निर्वाचित सासद हुन् । यो उनको तेस्रो जित हो । मंसिर ४ गते भएको आम निर्वाचनमा भोजपुरमा ६१ हजार ८३० मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *