काभ्रे २ मा एमालेका गोकुल बाँस्कोटाको जित

काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाको जित निश्चित भएको छ । गणना हुन बाँकी मत ५००९ हुँदा बाँस्कोटाले ५७१८ मतान्तरसहित जित सुनिश्चित गरेका हुन् ।

गत ४ मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रतक्ष्यतर्फकाे मत गणना अब लगभग अन्तिम चरणमा छ ।

निर्वाचन आयोगका अनुसार मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले शीर्ष स्थानमा छ । समानुपातिक तर्फको मतगणनामा एमालले सुरुवातदेखि नै अग्रता लिइरहेको छ ।

एमाले ९ लाख १५ हजार ९२९ मतसहित शीर्ष स्थानमा रहेको छ भने नेपाली कांग्रेस ८ लाख ८० हजार ६२७ मतसहित दोस्रो स्थानमा रहेको आयोगले जनाएको छ ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ४२ हजार ३५० मतसहित तेस्रो र नेकपा माओवादी केन्द्र ४ लाख ९ हजार ३२१ मतसहित चौथो स्थानमा रहेको छ ।

बारा १ र ३ मा एमालेका उम्मेदवार विजयी

बारा क्षेत्र नम्बर १ र ३ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मतगण्नाको अन्तिम मतपरिणाम अनुसार बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका अच्युत मैनाली ३९ हजार १९५ मतसहित विजयी भएका हुन् ।

उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त गरे । यसैगरी, बारा ३ बाट एमालेकी ज्वालाकुमारी साह विजयी भएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार २० हजार दुई सय ५१ मतसहित साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनको प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले १७ हजार दुई सय ७९ मत प्राप्त गरे ।

बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका संजयकुमार गाैतम विजयी भएका छन् । अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार वामदेव गाैतमलाइ ७५३ मतान्तरले पराजित गर्दै उनी सासंद भएका थिए ।

यो पटक उनले नेकपा एमालेका लक्ष्मण ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गरेका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका गाैतमले ३० हजार ६११ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले २६ हजार १५५ मत ल्याए । यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले २३ हजार ९९३ मत प्रात गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *