गाेकुल बाँस्काेटालाई जनताले जिताए, ल्याए कसैले साेच्दै नसाेचेकाे मत !

काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाको जित निश्चित भएको छ । गणना हुन बाँकी मत ५००९ हुँदा बाँस्कोटाले ५७१८ मतान्तरसहित जित सुनिश्चित गरेका हुन् ।

बेथानचोक, बनेपा पनौतफ, भुम्लु मन्डनदेउपुर, पाँचखाल, धुलिखेलका ३ वडाको मत गणना भइसक्दा बाँस्कोटाले ४३ हजार ६८१ मत पाएका छन् भने कांग्रेसका ३७ हजार ९६३ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ९४७८ मतका साथ तेस्रो स्थानमा छन् भने यसु आले मगरले १४२२ मत पाएका छन् ।

चितवन ३ मा विक्रम पाण्डेलाई फराकिलो अग्रता

प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा राप्रपा नेता विक्रम पाण्डेले फराकिलो अग्रता बनाएका छन् । ७२ हजार ३८६ गणना हुँदा पाण्डेले २६ हजार २८१ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भोजराज अधिकारीले १८ हजार १०२ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १३ हजार ३५७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ९ हजार ४८२ मत ल्याएका छन् ।

रुपन्देहीबाट प्रदेशसभामा राप्रपाका चौधरी विजयी

रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का आशिषकुमार चौधरी निर्वाचित भएका छन् ।

उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विश्वनाथ यादवलाई ३ हजार १ सय ३४ मतान्तरले पराजित गरेका हुन् । चौधरीलाई एमाले र जसपाले समर्थन गरेको थियो ।

चौधरीले १७ हजार ७ सय ८५ मत ल्याएर विजयी हुँदा यादवले १४ हजार ६ सय ५१ मत ल्याए । नागरिक उन्मुक्ति पार्टीका सरोजसिंह चौधरीले ६ हजार १ सय ४३ मत प्राप्त गरे ।

पाल्पा २ मा ठाकुर गैरे जीत नजिक

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तरगत पाल्पाको क्षेत्र नंं. २ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेले अग्रता लिएका छन् । गैरेले फराकिलो मतान्तर कायम गरेका छन् ।

उनले २५ हजार ८ सय ३६ मत प्राप्त गरेका छन् भने उनका मुख्य प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले २१ हजार ४ सय ८४ मत प्राप्त गरेर दोस्रा स्थानमा छन् । यो क्षेत्रमा ६४ हजार २०३ मत खसेको थियो ।

यसैबीच पाल्पाको क्षेत्र नं. १ मा पनि एमालेका उम्मेदवार नारायण आचार्यले फराकिलो मतान्तरले अग्रता लिएका छन् । अहिलेसम्म आचार्यले २१ हजार ९ सय ४ मत प्राप्त गरेका छन् भने

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले १२ हजार ७ सय ६१ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा पनि एमालेका आचार्यले फाराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । यस क्षेत्रमा ६४ हजार ४९१ मत खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *