बारा ३ बाट एमालेकी ज्वालाकुमारी साह निर्वाचित

काठमाडौं । बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह निर्वाचित भएकी छन् ।

ज्वालाले जनता समाजवादी पार्टीका रामवावुकुमार यादवलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनले २०२५१ मत ल्याइन् भने उनका प्रतिस्पर्धी यादवले १७२७९ मत पाए ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबु सिंह भुइहारले ११ हजार ९६४ मत पाएर तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शर्माले ३५७९ मत पाएर चौथो भएका छन् ।

जनमत पार्टीकी राधिका देवी साहले ३३३१, भङ्गेरा चिह्नमा चुनाव लडेका कलामुदीनले १८७८, एकीकृत शक्ति नेपालका नरेशकुमार चौलागाईंले १०७५, नेपाल लोकतान्त्रिक पार्टीका महम्मद शानी ठकुराईले १०४४ मत पाएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् । नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पन्तले २१ हजार ३९२ मत प्राप्त गर्दै जित निकाल्दा उनका प्रतिद्वन्द्वी एमालेका रानाले २० हजार ३१८ मत पाएका छन् । मतगणनाको सुरूवातदेखि अग्रता लिएका रानालाई पन्तले पछि पारेका थिए ।

कैलाली-५ बाट कांग्रेसका पन्त प्रतिनिधिसभामा निर्वाचित

यसअघि यो क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा उम्मेदवार बन्ने चर्चा थियो तर उनी समानुपातिकमा बसेपछि पन्तले टिकट पाएका हुन् ।

पन्त सुरुमा प्रदेश सभा (२) बाट सिफारिस भएका थिए । उनी प्रतिनिधि सभाका लागि उम्मेदवार भएपछि प्रकाश देउवालाई उम्मेदवार भए । र, देउवा पनि एमालेका दुर्गाप्रसाद जोशीलाई पराजित गर्दै विजयी भइसकेका छन् ।

कैलाली ५ मा कांग्रेसका पूर्व नेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले ८३४९ मत ल्याएका छन् । अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले ७४६० मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी इश्वरी विष्ट पार्टीले ३४०४ मत ल्याइन् ।

रुपन्देहीबाट प्रदेशसभामा राप्रपाका चौधरी विजयी

रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का आशिषकुमार चौधरी निर्वाचित भएका छन् ।

उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विश्वनाथ यादवलाई ३ हजार १ सय ३४ मतान्तरले पराजित गरेका हुन् । चौधरीलाई एमाले र जसपाले समर्थन गरेको थियो ।

चौधरीले १७ हजार ७ सय ८५ मत ल्याएर विजयी हुँदा यादवले १४ हजार ६ सय ५१ मत ल्याए । नागरिक उन्मुक्ति पार्टीका सरोजसिंह चौधरीले ६ हजार १ सय ४३ मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *