काभ्रे–२ मा गोकुलप्रसाद बाँस्कोटा निर्वाचित

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित हुनुभएको छ ।

बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गर्नुभएको छ भने हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार पाँच सय ८६ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा १६ जना प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

यस क्षेत्रमा एक लाख तीन हजार तीन सय ९१ ले मतदान गरेको थिए । बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा निर्वाचित भएर मन्त्रीसमेत हुनुभएको थियो ।

विसं २०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गर्नुभएका बाँस्कोटा पार्टीका विभिन्न भ्रातृ सङ्गठन तथा पार्टीको जिल्ला नेतृत्व समेत गर्नुभएको थियो । उहाँ पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्छ । (रासस)

विश्वकपमा ५ गोल गर्दै रोनाल्डोले रचे इतिहास

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कतारमा जारी फिफा विश्वकपमा गोल गर्दै नयाँ कीर्तिमान रचेका छन् ।

विश्वकपको पाँच संस्करणमा गोल गर्ने पहिलो पहिलो खेलाडी बनेका छन् । विहीबार समूह ‘जी’ को खेलमा घानाविरुद्ध गोल गर्दै रोनाल्डोले कीर्तिमान रचेका हुन् ।

रोनाल्डोले सन् २००६ विश्वकपमा इरानविरुद्ध गोल गर्दै खाता खोलेका थिए । त्यसपछि सन् २०१० मा उनले उत्तर कोरियाविरुद्ध गोल गरेका थिए । सन् २०१४ मा घानाविरुद्ध नै गोल गर्दै रोेनाल्डोले लगातार तीन विश्वकपमा गोल गरे ।

सन् २०१८ मा रोनाल्डोले ह्याट्रिकसहित ४ गोल गरे । उनले स्पेनविरुद्ध खेलमा ह्याट्रिक गरेका थिए । त्यसपछि मोरक्कोविरुद्ध पनि उनले गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *