कतार विश्वकप: आज चार खेल हुँदै, कुन-कुन भिड्दैछन् ? माेवाइल, ल्यापटप, कम्प्युटरमा हेर्नुस लाइभ खेल

काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरु हुँदैछन् । समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । कतार र सेनेगलबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

विश्वकप अन्तर्गत नै शुक्रबार हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

त्यस्तै चौंथो खेलमा इंग्ल्यान्डले अमेरिकाको सामना गर्नेछ । समूह ‘बी’ मा रहेको इंग्ल्यान्ड र अमेरिकाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

यसरी हेर्नुस् माेवाइल ल्यापटप कम्प्युटरमा हेर्नुस लाइभ खेल 

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गतका सम्पूर्ण खेलहरु माेवाइल ल्यापटप कम्प्युटरमा हेर्न तलकाे लिङ्कमा क्लिक गर्नुहाेस् । संसारकाे कुनै पनि ठाउँबाट लाइभ फ्री हेर्न सकिन्छ ।

विश्वकप फुटवल २०२२ लाइभ LIVE MATCH

नेपालमा टेलिभिजनमा मात्र हेर्न सकिन्छ । त्यसका लागि छुट्टै पैसा तिर्नुपर्छ । माथिकाे लिङ्कमा क्लिक गरेपछि सिधै अहिले चलिरहेकाे खेल लाइभ हेर्न सक्नुहुन्छ । मोबाइलबाट निःशुल्क रुपमा विश्वकपको प्रत्यक्ष प्रसारण हेर्नको लागि तपाईंले वेब ब्राउजरबाट https://9goal.tv/ लगअन गरेर हेर्न सक्नुहुन्छ ।

मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । उक्त प्रतियोगिता २८ दिनसम्म चल्नेछ।

त्यसबीचमा कुल ६४ प्रतिस्पर्धाहरू हुन्छन् र फाइनल खेल डिसेम्बर १८ मा हुनेछ। हरेक चार वर्षमा हुने विश्वकप फुटबल प्रतियोगिताको स्कोर र खेल तालिका तपाईँ हाम्रो यो पेजमा हेर्न सक्नुहुनेछ।

नेपालमा पनि फुटबल खेलका निकै ठूलो संख्यामा प्रशंसकहरु छन् । यसअघि घरघरमा टेलिभिजनमार्फत् सहजै रुपमा हेर्ने सुविधा भएकोमा यसपटक भने भिन्न प्याकेजमार्फत् खरिद गरेर मात्रै विश्वकप हेर्न पाइने व्यवस्था गरिएको छ ।

नेपालमा विश्वकप पदर्शनको अधिकार मिडिया हबले ४० करोड रुपैयाँ तिरेर लिएको छ । मिडिया हबले विश्वकप फुटबल महासंघसँग प्रसारण अधिकार लिँदा टेरिटरी लक हुने अधिकार पनि लिएको छ, जुन फिफाले यो वर्षदेखि अख्तियार गरेको नयाँ नीति हो । अर्थात् मिडिया हबले स्वीकृति दिएर प्रसारण हुने बाहेकका टिभी च्यानलमा विश्वकप प्रसारण हुँदैन ।

यसअघि भारतीय च्यानलहरुसँग सम्झौता गरी नेपालमा विश्वकप प्रसारण गरिएको थियो । जसले गर्दा नेपाली दर्शकहरुलाई विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सस्तो परेको थियो ।

तर, यसपटक भने मिडिया हबको प्रसारणमा व्यवसायिक एकाधिकार भएसँगै दर्शकहरुका लागि शःशुल्क र महँगो पर्न गएको छ । यसलाई एक्सक्लुसिभ अधिकार भनिन्छ, जुन नेपालमै पहिलोपटक प्रयोग भएको हो ।

मिडिया हबले ५०० रुपैयाँ तिरेर विश्वकप हेर्न सक्ने व्यवस्था गरेपनि कतिपय ग्राहकले पैसा र्तिदा पनि विश्वकप हेर्न नपाएको गुनासो सामाजिक सञ्जालमा व्याप्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *