रवी लामिछानेले गरे यस्ताे उद्घाेष, सत्ता समीकरणमा कस्ताे असर पार्ला ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज चितवनमा निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उनले देशहित, नागरिक र जनजीविकाका लागिसँगै अघि बढ्ने बताए ।

समाजलाई टेवा दिने र मुलुकवासीका लागि काम गर्ने आफ्नो उद्देश्य हुने बताए । उनले भने, ‘हामी निर्वाचित सांसद फरक फरक पार्टीको भए पनि एउटै कित्तामा छौँ ।’ जनजीविकाको मुद्दामा एकै ठाउँमा उभिएर सहकार्य गर्न आफू तयार रहेको उनले बताए

निर्वाचनमा आफ्नो पार्टीले कसैसँगै गठबन्धन नगरेको उल्लेख गर्दै उनले भने, ‘देश हितका लागि, नागरिकका लागि आवश्यक चिजमा गठबन्धन आवश्यक परे खुलेर साथमा हुनेछौँ ।’

कार्यक्रममा चितवन क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवाल र २(२) बाट निर्वाचित उत्तम जोशीले देश तथा जनताको पक्षमा आफूहरु निरन्तर लाग्ने बताए ।

काभ्रे २ बाट गोकुल बाँस्कोटा ६ हजार बढी मतान्तरले विजयी

काभ्रे क्षेत्र नं २ बाट एमालेका उम्मेदवार रहेका गोकुल बाँस्कोटा प्रतिनिधिसभा सांसद निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी कांग्रेसका शिव हुमगाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका छन् ।

बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाए ।

बाँस्कोटा ०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काभ्रेको यही क्षेत्रबाट निर्वाचित भएका थिए । ओली नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेका बाँस्कोटा ७० करोड घुस बार्गेनिङ काण्डको अडियो सार्वजनिक भएपछि नैतिकताका आधारमा राजीनामा दिएर बहिर्गमन रोजेका थिए ।

सिराहा–३: एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित

सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् ।उनले निकट्तम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहलाई पराजित गरेका हुन् । श्रेष्ठले २८ हजार ६४ मत ल्याए भने साहले २६ हजार ८ सय ८२ मत पाए ।

जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १ सय ४६ मत ल्याउँदै तेस्रो स्थानमा रहे । राष्ट्रिय प्रजातन्त्र पार्टीका गोर्वदनदास तत्माले १ हजार २ सय ५९ मत पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *