प्रतिनिधि सभाको समानुपातिकमा कुन दलले कति मत पाए ?

काठमाडाैं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधि सभातर्फको समानुपातिकमा नेकपा एमाले सर्वाधिक मत प्राप्त गरी पहिलो स्थान कामय गरेको छ ।

गठबन्धन बनाएर एमालेविरुद्ध प्रतिस्पर्धा गरेको नेपाली कांग्रेस दोस्रो स्थानमा छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, नेकपा माओवादी केन्द्र चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौँ स्थानमा छ ।

पछिल्लाे विवरण अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) : ११ लाख ९९ हजार ५७३ पाएकाे छ । याे सर्वाधिक धेरै मत हाे । दाेस्राे स्थानमा रहेकाे नेपाली काँग्रेसले ११ लाख ३८ हजार ८२२ मत प्राप्त गरेकाे छ ।

रवि लामिछाने नेतृत्वमा हालचालै दर्ता भएर निर्वाचनमा हाेमिएकाे राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्यासपत मत पाएकाे छ । याे समाचार तयार पार्दासम्म ५ लाख ५८ हजार ६१४ मत पाएकाे छ ।

कांग्रेससँग चुनावी गठबन्धन बनाएकाे सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले याे समाचार तयार पार्दासम्म जम्मा ५ लाख १८ हजार ४५० मत प्राप्त गरेकाे छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ९४ हजार १५९, जनता समाजवादी पार्टी, नेपाल : १ लाख ४५ हजार ०८८ मत पाउँदा माधव नेपाल नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)  मुस्किलले ९० हजार ८६७ मत ल्याएकाे छ ।

त्यस्तै, जनमत पार्टी : ८५ हजार ३०९, नागरिक उन्मुक्ति पार्टी : ८४ हजार ७२९, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल : ५८ हजार ६१८, नेपाल मजदुर किसान पार्टी : ५८ हजार ०७७ र हाम्रो नेपाली पार्टीले ३४ हजार १८१ मत पाएका छन् ।

राष्ट्रिय जनमोर्चा ३१ हजार ३७२, मंगोल नेशनल अर्गनाइजेशन : २३ हजार ४३७, नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी) : १२ हजार ६१२, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ५ हजार ६०७ र विवेकशील साझा पार्टीले १ हजार ४९२ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *