पाल्पा क्षेत्र नं १ मा एमालेका आचार्य विजयी

तानसेन । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी हुनुभएको छ ।

आचार्यले ३१ हजार एक सय तीन मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार दुई सय ५६ मत पाउनुभएको सहायक निर्वाचन अधिकृत रामहरि पाण्डेयले जानकारी दिनुभयो ।

स्वतन्त्र उम्मेदवार विपिन कँडेलले दुई हजार आठ सय ६३, जनता समाजवादी पार्टी नेपालका मेहरमान रानाले ८५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले दुई सय ५२,

मङ्गोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले एक हजार नौ सय १६ र राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले एक सय १५ प्राप्त गर्नुभयो ।

आयोगका अनुसार स्वतन्त्र उम्मेदवारहरु नारायण न्यौपानेले २७, राजु सुनारले ६८ र डोलराज तिमिल्सिना (पुतली चिह्न) ले १० मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभा क्षेत्र नं १ मा ९६ हजार ३३ मतदाता रहेकोमा निर्वाचनमा ५८ हजार चार सय ९१ मत खसेको थियो ।

जसमध्ये एक हजार चार सय सात मत बदर भएको छ । गत मङ्सिर ५ गते साँझदेखि सुरु भएको मतगणना आज सम्पन्न भएको हो । प्रतिनिधिसभामा निर्वाचित आचार्य २०७४ को क्षेत्र नं १ (२) मा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

पाल्पा-२ मा एमालेका गैरे विजयी

पाल्पा निर्वाचन क्षेत्र नं २ बाटे प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ ।

गैरेले २७ हजार आठ सय १७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिष्पर्धी वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सोमप्रसाद पाण्डेयले २३ हजार आठ सय ५१ मत प्राप्त गर्नुभएको

जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुक्माङ्गगत अर्यालले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस क्षेत्रमा ११ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।

जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले ५ हजार एक सय ८० मत प्राप्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *