बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सु.प. प्रदेशको अंग्रेजी विषयको नतिजा (नतिजासहित)

काठमाडाैं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सु.प. प्रदेशको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले गत असारमा लिएको लिखित परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो । आयोगले लिखित परीक्षामा उत्तीर्ण परीक्षार्थीलाई अन्तर्वार्ताका लागि विभिन्न मितिमा सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालयमा उस्थित हुन समेत सूचित गरेको छ ।

अंग्रेजी विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस् 

चिकित्सा शिक्षा स्नातकमा त्रिविको उत्तीर्ण दर न्यून

चिकित्सा शिक्षा स्नातक तहको उत्तीर्ण दर मध्यपश्चिम पछि त्रिभुवन विश्वविद्यालयको थोरै रहेको छ । कम विद्यार्थी पास हुने मध्यपश्चिम पहिलो स्थानमा छ भने त्रिवि दोस्रो स्थानमा रहेको छ ।

देशको सबैभन्दा पुरानो र धेरै विद्यार्थी भएको त्रिविको विद्यार्थी उत्तीर्ण दर मध्यपश्चिम भन्दा केही बढी र अन्य विश्वविद्यालयको भन्दा न्यून भएको पाइएको हो ।

सो तहमा मध्यपश्चिम विश्वविद्यालयको उत्तीर्ण प्रतिशत ३९.४९ प्रतिशत छ भने सबै संकाय र संस्थानमा धेरै विद्यार्थीको आकर्षण भएको त्रिविको विद्यार्थी उत्तीर्ण दर ४१ प्रतिशत मात्र रहेको छ ।

चिकित्सा शिक्षा स्नातक तहमा अन्य विश्वविद्यालय तथा प्रतिष्ठानको उत्तीर्ण प्रतिश १०० हुँदा त्रिविको उत्तीर्ण दर ४१ मात्र रहेको विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षाको प्रतिवेदन २०२०–२१ मा उल्लेख गरिएको छ ।

सम्बन्धित विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको तथ्याङ्कका आधारमा आयोगले प्रतिवेदन तयार गरेको हो । आयोगको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा स्नातक तहको नतिजामा

पाटन एकेडेमी अफ हेल्थ साइन्स (पीएएचएस)को उत्तीर्ण दर १००, शुदुरपश्चिम विश्वविद्यालय (एफडब्लुयु) को ८२, पूर्वाञ्चल विश्वविद्यालय (पीयु) को ६९, लुम्बिनी बौद्ध विश्वविद्यालयको ५१.९८ प्रतिशत रहेको छ ।

नयाँ शिक्षक माग गरिदिन आयोगलाई केन्द्रको पत्राचार, कुनमा कति ?

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ शिक्षक नियुक्तिका लागि रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको छ ।

केन्द्रले प्राथमिक तहमा तीन हजार १८६, निम्न माध्यमिक तहमा ४२३ र माध्यमिक तहमा ३३२ पद रिक्त रहेको तथा सोमा विज्ञापन गरी पदपूर्ति गरिदिन आयोग समक्ष पत्राचार गरेको छ ।

हरेक वर्षको असोज मसान्तभित्र यस्तो विवरण आयोगलाई बुझाइसक्नुपर्ने नियम छ । तर केन्द्रले आज सो विवरण बुझाएको केन्द्रको शिक्षक व्यवस्थापन शाखाका एक पदाधिकारीले जानकारी दिए ।

गत वर्ष करिब १७ हजार पद संख्यामा आवेदन माग गरिएकोमा यसपटक सो संख्या ह्वात्तै घट्ने देखिएको छ । गत वर्ष माध्यमिक तहमा सिफारिस नभएका ३७० जना पनि यसपटकको विज्ञापनमा समेटिने भएको छ ।

गत वर्ष आयोगले प्राथमिक तहमा १३ हजार ८५, निम्न माध्यमिक तहमा दुई हजार ५९४ र माध्यमिक तहमा एक हजार ५५२ पद संख्यामा आवेदन खुलाएको थियो ।

त्यसमध्ये हालसम्म माध्यमिक तहमा शिक्षक छनोट गरी सिफारिस गरिसकिएको छ भने निम्न माध्यमिक तहको नतिजा धमाधम सार्वजनिक भइरहेको छ । निम्न माध्यमिक तहको नतिजा सकिएपछि प्राथमिक तहको सार्वजनिक गरिने आयोगले जनाएको छ ।

गत पटक माध्यमिक तहमा करिब ३६ हजारले, निम्न माध्यमिक तहमा करिब ६३ हजारले र प्राथमिक तहमा करिब ६४ हजारले आवेदन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *