निर्वाचन अपडेट : प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कसको सिट कति ?

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत् प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणामअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसले ५७ निर्वाचन क्षेत्र जितेको छ ।

नेकपा एमालेले ४४ वटा निर्वाचन क्षेत्र जितेको छ । यस्तै, नेकपा माओवादी केन्द्रले १७ सिट जितेको छ ।

नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७/७ सिट जितेको छ । यस्तै, जनता समाजवादीले ७ सिट र लोकतान्त्रीक समाजवादी पार्टीले ४ सिट जितेको छ ।

नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टीले १ सिट जितेको छ । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १/१ सिट जित हासिल गरेका छन् । स्वतन्त्र ५ उम्मेदवारले जितेका छन् ।

अब दोलखामा मात्रै मतगणना जारी छ । सो क्षेत्रमा एमालेका बालकृष्ण सिवाकोटीको अग्रता छ । उनलाई माओवादी केन्द्रका माओवादी केन्द्रका गंगा कार्कीले पछ्याइरहेका छन्।

कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ?

निर्वाचन आयोगले छिट्टै निर्वाचन आचारसंहिता फुकुवा गर्ने भएको छ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाको अन्तिम परिणाम आएपछि आयोगले आचारसंहिता फुकुवा गर्ने भएको हो।

मतपरिणाम आएर राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि आयोगका पदाधिकारीको बैठकले निर्वाचन आचारसंहिता फुकुवा गर्ने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

हाल काम चलाउ सरकार रहेका कारण दीर्घकालीन प्रभाव पार्ने कुनै महत्वपूर्ण निर्णय नहोस् भनेर आचारसंहिता जारी राखिएको आयोगको भनाई छ । गत असोज १२ गतेदेखि आयोगले लागू गरेको आचारसंहिता अझै कायम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *