बागमती लोक सेवा आयोगले माग्यो १२९ जना कर्मचारी, कुन पदका लागि कति जना ? (सूचनासहित)

काठमाडौँ । बाग्मती प्रदेश लोक सेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले प्रदेश निजामती (अप्राविधिक)सातौँ तहका लागि ४ जना र प्रदेश निजामती (प्राविधिक)२७ जना,

स्थानीय सेवातर्फ १ र स्थानीय सेवातर्फ (प्राविधिक) ८ जना गरी कूल ४० जना ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवाका लागि विज्ञापन खुलाएको हो ।

आयोगले कार्यक्षमताका आधारमा हुने बढुवाका लागि २९ जना माग गरेको छ भने अन्तर तह र खुलातर्फ १ सय जना गरी कूल १६९ जनाका लागि विज्ञापन खुलाएको आयोगको सूचनामा उल्लेख छ ।

विस्तृतमा विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहाेस् 

नेप्से झिनो अंकले बढ्यो, डेढ अर्बको सेयर कारोबार

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । गएको बिहीबारको तुलनामा नेप्से परिसूचक २.१६ अंकले वृद्धि भएर १९६३.२२ विन्दुमा बन्द भएको हो ।

यस दिन एक अर्ब ५६ करोड रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । बिहीबार एक अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

नेप्सेका अनुसार आइतबार २४३ धितोपत्रको ३६ लाख ९४ हजार ८४ कित्ता सेयर खरिद–बिक्री भएको छ । सेयर मूल्य सर्वाधिक वृद्धि हुनेमा धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएर ३२१ रुपैयाँ ८० पैसा पुगेको छ ।

यस्तै, ओरेन्टियल होटेल लिमिटेडको सेयर मूल्य ६.५७ प्रतिशतले वृद्धि भएर ५१९ रुपैयाँ पुगेको छ । सर्वाधिक रकमको सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ ।

यो बैंकको १९ करोड ८० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आठ करोड ७७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स ०.३० प्रतिशतले वृद्धि भएर ३८४.८३ विन्दु कायम भएको छ । कारोबारमा अएका १३ मध्ये चार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ ।

सर्वाधिक परिसूचक वृद्धि जीवन बीमा समूहको भएको छ । यो समूहको परिसूचक १.९८ प्रतिशतले वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *