आलुको भाउ किलाेकाे ८० हजार रूपैयाँ, पत्याउनुहुन्छ ?

काठमाडाैं । तरकारीको राजा भनिने आलु सबैजसो आर्थिक हैसियत भएका मानिसले किनेर खानसक्ने खाद्यवस्तु हो । सिजनका बेला आलुको भाउ निक्कै घट्छ पनि ।

तर सर्वसुलभ पाइने आलुको पनि संसारमा यस्तो प्रजाति छ, जसको एक किलोको मूल्य मात्रै ८० हजार रुपैयाँ पर्छ । संसारकै महँगो यो आलुको नाम ले बोनोट्टे हो । यो आलु फ्रान्समा फलाइन्छ ।

फ्रान्सको इले डी नोइरमाउटिएर टापुमा फलाइने यो आलुको खेती गर्न एक विशेष खालको बलौटे माटोको प्रयोग हुन्छ । साथै आलुबारीमा सामुद्रिक झारलाई मलको रुपमा प्रयोग गरिन्छ । यो आलुको खेती केवल ५० वर्गमिटरको जमिनमा हुने गरेको छ ।

यतिधेरै महँगो यो आलु बजारमा वर्षको केवल १० दिन मात्र किन्न पाइन्छ । यो आलुलाई विशेषगरी सलाद तथा सुप बनाउन प्रयोग गरिन्छ भने विभिन्न खालका रोगमा घरेलु उपचारमा पनि प्रयोग हुन्छ ।

मकैको च्याख्ला उत्तम कि चामल ?

अहिले चामलको विकल्पमा धेरैले च्याख्ला खाने गर्छन् । के चामलको साटो मकैको च्याख्ला उपयुक्त हुन्छ ? धेरैको मनमा यो प्रश्न हुनसक्छ ।

उपलब्ध हुँदा मकैको च्याख्ला खानु पनि स्वास्थ्यको हिसाबले राम्रो हो । तर, चामल चाहिँ विष नै यो त छुनै हुन्न भन्ने पनि हैन । बजारमा पाइने पोलिस भएको चामलमा कार्बोहाइड्रेट मात्र बढी पाउने भयो ।

त्यसैले तरकारी दालसँग मिसाएर खाइन्छ, यसरी सागसब्जी दालसँग खाँदा चामल पनि त्यति बेफाइदाजनक हैन । चामलबाट कार्बोहाइड्रेट, सागबाट भिटामिन मिनरल्स प्राप्त हुन्छ ।

चामल कार्बोहाइड्रेट, च्याख्ला फाइबरको राम्रो स्रोत

मकैको च्याख्ला पाए चाहिँ खाने, चामल खाँदै नखाने बिष नै हो भन्ने होइन । चामलमा पनि शरीरलाई शक्ति दिने कार्बोहाइड्रेट पाइन्छ । तर च्याख्लामा धेरै फाइबर हुने भएकोले र यसमा भिटामिन ए, भिटामिन सी, एन्टिअक्सिडेन्ट पाइने भएकोले च्याख्ला खानु राम्रो हो ।

चामल चटक्कै छाडेर च्याख्ला खाँदा

चामल चटक्कै छाडेर च्याख्ला खाँदा शरीरलाई सिधै असर त गर्दैन । तर, मकैमा कतिपय अमिनो एसिडहरूको अभाव हुन्छ । हाम्रो शरीरलाई चाहिने ‘अलैलिन’ र ‘ट्रिप्टोफान’ लगायतका अमिनो एसिड पाइँदैन ।

त्यसैले मकैको च्याख्लाले मात्र पोषण पुरा गर्दैन, हरियो सागपात, दाल, गेडागुडीसँग मिलाएर खानुपर्छ । जसरी हामी चामलको भात खाँदा जसरी दाल तरकारीसँग खान्छौ त्यसरी खाँदा कुनै असर पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *