काठमाडौँ। सुनको भाउ बढेर सात महिना यताकै उच्च मूल्यमा पुगेको छ। गत बैशाखमा १ लाख २ सय रुपैयाँमा काराेबार भएकाे सुनको भाउ अहिले पुनः १ लाख रुपैयाँ नजिक पुगेको छ।
सोमबार छापावाला सुनको भाउ प्रतितोला ९९ हजार ९०० रुपैयाँ पुगेको छ। आइतबार ९९ हजार ५०० रुपैयाँ रहेको सुनको भाउ सोमबार तोलामा ४०० रुपैयाँले बढेको हो।
अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ ५ महिना यताकै उच्च छ। सोमबार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति आउन्स १८०० डलरमा कारोबार भइरहेको छ। पछिल्लो समय अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ लगातार बढ्दै गएको छ।
डलरको भाउ घटेका कारण सुनको भाउमा लगातार बढ्दो क्रममा देखिएको हो। नेपालमा अन्तराष्ट्रिय बजारको अनुसार नै सुनको भाउ निर्धारण गरिने हुँदा अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि त्यसको असर देखिएको हो।
मंसिर लागे यता बजारमा सुनको माग बढेको छ। विवाहको सिजनमा सुनको माग ह्वातै बढ्ने गर्छ जसले गर्दा मंसिरमा भाउ महंगिए पनि सुनको माग भने निकै रहेको व्यवसायीहरु बताउँछन्।
नेको इन्स्योरेन्सको लाभांश घोषणा
नेको इन्स्योरेन्स लिमिटेड (NIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
मंसिर १८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। गत आर्थिक वर्षमा पनि इन्स्योरेन्सले सोही दरमा लाभांश वितरण गरेको थियो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।