निमाविको लाइसेन्स एक वर्षभित्र लिइ सक्नुपर्ने, अन्तर्वार्ताको मिति संशोधन (सूचनासहित)

काठमाडाैं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षा केन्द्र कायम भई परीक्षा सञ्चालन भएको जिल्लाको शिक्षा विकास तथा समन्वयमा पठाएको छ ।

लाइसेन्स परीक्षामा उत्तीर्ण उम्मेदेवारले सम्बन्धित एकाइमा सम्पर्क राख्नु पर्ने जनाएको हो । लाइसेन्स वितरण गर्न सुरु भएको एक वर्ष भित्र लिइसक्नु पर्ने आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ ।

अन्तवार्ता संशोधन

आयोगले निम्न माध्यमिक तहको शिक्षक छनोटका लागि लिने अन्तर्वार्ताको मिति संशोधन गरेको छ । आयोगले शिक्षक पदको लुम्बिनी प्रदेशको अन्तर्वार्ता कार्यतालिका संशोधन गरेको हो ।

आयोगको आजको निर्णय अनुसार निमावि तह तृतीय श्रेणी शिक्षक पदको नेपाली, अंग्रेजी र सामाजिक विषयको अन्तर्वार्ता कार्यतालिका संशोधन गरेको छ ।

एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् ।

उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ ।

पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय विसं २०४० मा स्थापना भएको हो । विगतमा विद्यार्थीको सङ्ख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेका छन् ।

विद्यालयमा विद्यार्थी लम्साल र शिक्षिका ठाकुकुमारी केसी मात्रै हुनुहुन्छ । विद्यालयमा विद्यार्थी आए वा नआए पनि हरेक दिन विद्यालय पुग्नु केसीको दिनचर्या हो । त्यहाँका एक शिक्षिका र कार्यालय सहयोगी गत वर्ष काजमा खटिएपछि शिक्षिका केसी एक्लै हुनुभएको हो ।

“गत वर्षसम्म १०÷१५ विद्यार्थी नियमित पढ्न आउँथे”, उनले भने, “गाउँबाट बसाइँसराइ गर्ने बढेका छन्, विद्यालय आउन खोला तर्नुपर्छ तर बर्खामा तर्न सकिँदैन । पुल नहुँदा विद्यार्थी नजिक छाडेर टाढाको विद्यालय जानुपर्ने अवस्था छ ।”

विद्यार्थीविनाको विद्यालयमा आउँदा धेरै नरमाइलो लाग्ने गरेको शिक्षिका केसीले सुनाए । चाँडै गाउँपालिकाले कतै व्यवस्थापन गर्दिए हुन्थ्यो भन्ने आफ्नो चाहना रहेको उनले सुनाए ।

विद्यालय नजिकको गाउँ हिले, दराक, लम्सालथर, पङ्गालीथर, रेग्मीथर, सरादे खोला लगायत स्थानका विद्यार्थी पढ्न आउने गरेकामा अहिले उनीहरु एक घण्टा टाढाको विद्यालयमा पुग्छन् ।

विद्यार्थी नभएको बहानामा विद्यालयलाई अन्यत्र गाभ्ने कुरा गाउँका लागि उचित नहुने स्थानीयवासीको भनाइ छ । “गाउँको ७० घरका विद्यार्थी पढ्ने एक्लो विद्यालय हो”, स्थानीयवासी शेरबहादुर केसीले भने, “विद्यालय आउने खोलामा पुल, सहज बाटो निर्माण र अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न पालिकामा छलफल भइरहेको छ ।”

गाउँपालिकाले अरु विद्यालयमा विद्यार्थीको सङ्ख्या ज्यादै न्यून भएकाले तिनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा छलफल भइरहेको बताएको छ ।

“एक विद्यार्थी भए पनि पढ्न पाउने अधिकारबाट बञ्चित हुनु हुँदैन”, गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले भनिन्, “बसाइँसराइले विद्यार्थी पाउन मुस्किल छ । केही ठाउँमा विद्यार्थीलाई शिक्षक चित्तबुझ्दो नभएर समस्या छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *