डा. तोसिमा कार्कीले दिइन् राजीनामा !

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् ।

तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।

काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले डा. कार्कीले आइतबार काउन्सिलमा आएर राजिनामा बुझाएको पुष्टि गरे । हिजो (आइतबार) उहाँको राजिनामा पत्र आएको छ । हामीले सो पत्र स्वास्थ्य मन्त्रालयमा फरवार्ड गरेका छौं,’ उनले भने ।

समानुपातिक अपडेट : बाजुराका पनि केही मत जोडियो, कुन दलको कति पुग्यो?

प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना अझै सकिएको छैन। प्रत्यक्षतर्फका सबै १६५ क्षेत्रको नतिजा आइसक्दा समानुपातिकतर्फ भने अझै अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी बसेको हो।

निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बाजुरा र दोलखामा खसेका समानुपातिक मत गणना भइरहेको जानकारी दिए। ‘बाजुराको ८ हजारजति मत आयोगको सूचना प्रणालीमा प्रविष्ट भइसकेको छ’, सहायक प्रवक्ता अर्यालले सोमबार साँझ  भने, ‘तर बाँकी मत गणना भइरहेको छ।’

उनका अनुसार दोलखामा त्यस्तै ८०/८५ हजार तथा बाजुरामा जम्मा ६५/७० हजार समानुपातिक मत खसेका छन्। दोलखाको भने अहिलेसम्म आयोगको सूचना प्रणालीमा प्रविष्ट गरिएको छैन। ‘आयोगले २ दिनभित्र गणना सक्न निर्देशन दिएको छ’, अर्यालले भने।

आयोगको तथ्यांकअनुसार समानुपातिकतर्फ अहिलेसम्म गणना गरिएकामध्ये १ करोड ४ लाख २८ हजार ९ सय ५८ मत सदर भएका छन्।

अहिलेसम्म ७ दलले मात्र थ्रेसहोल्ड (कूल सदर मतको ३ प्रतिशत) कटाएका छन्। प्रत्यक्षतर्फ पनि सिट जितेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्डभन्दा मुनि समानुपातिक मत पाउने दलले सांसद निर्वाचित गर्न पाउँदैनन्। अहिलेसम्म माथि उल्लिखित सात दलले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन्। राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकमा थ्रेसहोल्ड कटाउनुपर्छ।

गन्न बाँकी समानुपातिक मतबाट थप दलले थ्रेसहोल्ड कटाउने सम्भावना निकै कम छ। थ्रेसहोल्ड भेट्टाउन संघर्षरत नेकपा एकीकृत समाजवादीले पनि मत पुर्‍याउन निकै मुस्किल छ।

आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार थ्रेसहोल्ड भेट्न ३ लाख १७ हजारदेखि १८ हजारसम्म मत ल्याउनुपर्ने देखिएको छ। एकिन हिसाब भने सबै मत गनिसकेपछि निस्किन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *