काठमाडाैं । शिक्षक सेवा आयोगले सुदुर पश्चिमका तीनै तहका शिक्षकको बढुवा गरेको छ ।कार्यसम्पादन मूल्याङकनका आधारमा बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय दिपायलको निर्णय अनुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो ।
माध्यमिक तह प्रथम श्रेणी, माध्यमिक द्वितीय, निम्न माध्यमिक तह प्रथम, निम्न माध्यमिक तह द्वितीय श्रेणी र प्राथमिक प्रथम श्रेणीका शिक्षकको आयोगले बढुवा गरेको छ ।
आयोगले नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम ३४ अनुसार बढुवा भएका शिक्षकको नामावली सार्वजनिक गरेको हो ।
स्वीकृति नलिई विद्यार्थी भर्ना गरिएमा कारबाही गरिने
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले सम्बन्धन स्वीकृति नभएका शिक्षण संस्थामा भर्ना नगर्न अभिभावक विद्यार्थीलाई अनुरोध गरेको छ ।
सीटीईभीटीले स्वीकृति नलिई केही शिक्षण संस्थाले विभिन्न कार्यक्रमहरूमा विद्यार्थी भर्ना आह्वान गरेको प्रति यस परिषद्को गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो अनुरोध गरेको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन २०४५ तथा परिषद् नियमावली २०५१ अनुसार प्रमाणपत्र –डिप्लोमा तह सम्मका कार्यक्रम सञ्चालन –स्वीकृति दिने कानुनी अधिकार यस परिषद् समक्ष रहेकोमा यस परिषद्बाट सम्बन्धन नलिइ प्रशिक्षार्थी भर्ना गराएमा कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
‘प्रचलित प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन २०४५, परिषद् नियमावली २०५१ विपरीत हुने गरी विद्यार्थी प्रशिक्षार्थी भर्ना गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने व्यहोरा यसै विज्ञप्ति मार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।