समानुपातिकतर्फ केन्द्र र प्रदेशमा सबैभन्दा धेरै सिट एमालेलाई, यस्तो छ आयोगको अन्तिम बाँडफाँट

काठमाडाैं । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरूले पाएको अन्तिम सिट संख्या सार्वजनिक गरेको छ।

बुधबार दिउँसो आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि र प्रदेश सभा समानुपातिकतर्फ सबैभन्दा धेरै सिट नेकपा (एमाले) ले पाएको छ।

एमालेले प्रदेश सभामा ७० सहित १०४ सिट पाएको छ। उसले प्रतिनिधि सभामा ३४ सिट पाएको छ। दोस्रोमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा ३२ सिट पाएको छ भने प्रदेश सभामा ६४ सिट पाएको छ।

नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभामा १४ सिटसहित २९ सिट जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा १३ सिट पाएको छ। प्रदेश सभामा उसले उम्मेदवारी दिएको थिएन।

प्रतिनिधि सभा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न प्रदेश सभाहरूमा ९ सिट पाएको छ।

अरू दलले कति पाए सिट हेर्नुस्:

एकीकृत समाजवादीलाई निःसर्त एमालेमा फर्कने जनादेश : नेम्वाङ

नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई निःसर्त एमालेमा फर्कने जनादेश प्राप्त भएको बताएका छन् ।

हालै भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणामबाट एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसकेकोप्रति टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।

१६ महिनाअघि एमालेबाट २० प्रतिशत केन्द्रीय सदस्य र २३ सांसदसहित विभाजित भएर एकीकृत समाजवादी गठन भएको थियो । सो पार्टीलाई राष्ट्रिय दल नबनाएर नेपाली जनताले पुनः एमालेमै फर्कनुपर्ने सन्देश दिएको नेम्वाङ बताउँछन् ।

इलाम क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिने क्रममा गृहजिल्लामै रहेका नेम्वाङले भने,

“माधवकुमार नेपालजी नेतृत्वको नेकपा (एस)लाई निःसर्त एमालेमा फर्कने आदेश जनताले दिएका छन् । त्यो जनादेशलाई सम्मान गर्दै एमालेमा फर्कन मेरो आग्रह छ । जनताले राष्ट्रिय पार्टी नबनाउनु भनेको एमाले विभाजित गर्ने निर्णयलाई अस्वीकार गरेको हो भनेर उहाँहरूले बुझ्नुपर्छ ।”

सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दोस्रोपटकको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै पुनःस्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । त्यसपछि ०७७ साउनमा माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएको थियो ।

यही मंसिर ४ गते भएको निर्वाचनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहित पाँचदलीय गठबन्धनबाट एकीकृत समाजवादीले चुनाव लडेको थियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादीले सदर मतको ३ प्रतिशत नपाउँदा राष्ट्रिय पार्टी बन्न सकेन ।

अध्यक्ष माधव नेपाल रौतहट–१ बाट निर्वाचित भए । तर, पार्टीका सम्मानित नेता झलनाथ खनाल समेत इलाम–१ बाट पराजित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *