अमेरिकी राजदूतले घर मै पुगेर किन भेटे माधव नेपाललाई, यस्ताे छ भित्री रहस्य !

काठमाडाैं । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।

आज एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेर राजदूत थम्पसनले अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन्। अध्यक्ष नेपालको सचिवालयका अनुसार भेटवार्तामा अध्यक्ष नेपालले राजदूत थम्पसनको सफल कार्यकालको शुभकामना दिएका थिए।

साथै नेपाल र अमेरिकाबीच सम्बन्धलगायत विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जानकारी दिएको छ।

चोलेन्द्रको महाअभियोगबारे संसदका महासचिवलाई सर्वोच्चका ६ प्रश्न

सर्वोच्च अदालतले संसद सचिवालयका महासचिवलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव के आधारमा निष्प्रभावी भयो भनेर पत्र लेखेको भन्ने प्रश्न सोधेको छ ।

सर्वोच्च अदालतका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले बुधबार संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै तत्काल जानकारी उपलब्ध गराउन भनेका छन् ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएपछि विवाद बढेको हो ।

सोही सम्बन्धमा बुधबार सर्वोच्च अदालतको पूर्ण बैठकले संसद सचिवालयका महासचिवसँग यसबारे औपचारिक जानकारी लिने निर्णय गरेको थियो । सोही आधारमा सहरजिस्ट्रार रेग्मीले महासचिव गौतमलाई पत्र लेख्दै प्रश्न गरेका हुन् ।

‘नव निर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी उल्लेख गर्नु भएको हो ?’ सर्वोच्चले संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा सोधिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *