कुनै पनि ग्रह वर्तमान राशिबाट अर्को राशिमा प्रवेश गर्ने प्रक्रियालाई त्यस ग्रहको राशि परिवर्तन भनिन्छ। डिसेम्बर ५, २०२२ मा शुक्र ग्रह वृश्चिक राशी छोडेर धनु राशिमा लागेको छ। शुक्र ग्रहलाई विलासी वस्तुहरूको ग्रह मानिन्छ।
यस ग्रहको राशि परिवर्तनले सबै राशिलाई असर गर्ने भएतापनि यसको प्रभाव केही राशिमा विशेष देखिनेछ । ज्योतिषी तथा वास्तु सल्लाहकार पण्डित हितेन्द्र कुमार शर्माका अनुसार ती राशिहरु कुन कुन हुन् जानौं ।
मेष राशि : ज्योतिष शास्त्र अनुसार मेष राशिका लागि शुक्रको राशि परिवर्तन शुभ रहनेछ । मेष राशिमा भाग्य वा धनको घरमा शुक्रको गोचरको कारणले यस राशिका व्यक्तिहरूलाई करियरमा अचानक प्रगति हुनेछ।
नोकरी गर्ने व्यक्तिले राम्रो पदमा बढुवा पाउनेछन्। व्यापारमा लाभ हुनसक्छ । दाम्पत्य जीवन सुखद रहनेछ। घरमा धार्मिक कार्यक्रम हुन सक्छ जुन सुखद रहनेछ।
सिंह राशि : ज्योतिष शास्त्र अनुसार सिंह राशि हुनेहरुका लागि शुक्र गोचर शुभ मानिन्छ । केहि धेरै खुसीको खबर तपाईको लागि पर्खिरहेको छ। सिंह राशिका व्यक्तिहरु जागिर परिवर्तन गर्ने योजनामा हुनुहुन्छ भने यो समय उत्तम हो । कार्यस्थलमा कर्मचारी र अधिकारीको पूर्ण सहयोग रहनेछ।
वृश्चिक राशि : ज्योतिषशास्त्र अनुसार वृश्चिक राशि हुनेहरुका लागि शुक्रको गोचर लाभदायी रहनेछ । वृश्चिक राशिको दोस्रो घरमा शुक्र ग्रह प्रवेश गर्ने भएकाले यस राशिका व्यक्तिहरूले सबै सुखसुविधा प्राप्त गर्नुका साथै विलासी वस्तुको आनन्द लिनेछन्। यस समयमा कुनै पनि नयाँ लगानी लाभदायक हुनेछ।
तुला राशि : ज्योतिषशास्त्रका अनुसार तुला राशि भएका व्यक्तिका लागि शुक्रको राशि परिवर्तन शुभ रहनेछ । तुला राशिको तेस्रो घरमा शुक्र प्रवेशको कारणले यस राशिका व्यक्तिहरूलाई आर्थिक लाभ हुनेछ।
ग्रह संक्रान्तिले पारिवारिक सुखमा वृद्धि हुनेछ । रोकिएको धन प्राप्त हुनेछ। पुराना रोकिएका कामहरु पुरा हुनेछन् । तुला राशिका मानिसहरुले शुभ समाचार पाउनेछन् ।
कुम्भ राशि: ज्योतिष शास्त्र अनुसार तुला राशि हुनेहरुका लागि शुक्रको राशि लाभदायक रहनेछ । कुम्भ राशिको एघारौं घरमा रहेको शुक्रको गोचरले यस राशिका मानिसहरूलाई आर्थिक बल दिनेछ। आम्दानीका धेरै स्रोत बढ्नेछन्। विगतमा गरेको लगानीले अहिले फल दिनेछ । भविष्यमा सम्बन्ध बनाउन सकिन्छ।