माइतीघरमा जलाइयो मोदीको तस्बिर

काठमाडाैं । दार्चुलास्थित महाकाली नदी अतिक्रमण र नेपालीमाथि भारतीय पक्षको ज्यादतीविरुद्ध बुधबार काठमाडौंका ठाउँ ठाउँमा प्रदर्शन भएको छ। अखिल क्रान्तिकारी र अन्य विद्यार्थी संगठनहरुले लैनचौरस्थित भारतीय राजदूतावास क्षेत्र र माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।

कालो ब्यानरसहित भारतविरुद्ध लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका हु्न्। उनीहरुले त्यसक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर पनि जलाएका छन्।

भारतविरुद्ध चर्का नाराबाजीमा उत्रिएका प्रदर्शनकारीहरुले नेपाली नागरिकमाथि अन्याय हुँदा पनि सरकार टुलुटुलु हेरेर बसेको भन्दै आलोचना गरेका छन्।

भारतले उत्तारखण्डतर्फ तटबन्ध बनाउँदै महाकाली नदी नेपालतिर धकेलिरहेको छ। त्यसको विरोधमा उत्रिएका नेपालीमाथि त्यहाँ भारतीयहरुले आक्रमण गरिरहेका छन्।

सर्वोच्चले संसद् सचिवालयलाई साेध्याे- महाअभियोग कायम छ कि छैन?

सर्वोच्च अदालतले संसद् सचिवालयका महासचिव भरत गौतमलाई पत्र पठाउँदै कुन कानुनअनुसार चोलेन्द्रशमशेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको हो भनी प्रश्न गरेको छ । सर्वोच्चका सह रजिष्ट्रार नारायणप्रसाद रेग्मीले पत्र पठाएका छन् ।

सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयअनुसार महासचिवलाई पठाइएको पत्रमा भनिएको छ, “प्रतिनिधिसभामा मिति २०७८ फागुन १ मा दर्ता भएको महाभियोग प्रस्तावका सम्बन्धमा महाभियोग सिफारिस समितिबाट प्रतिनिधिसभामा पेस भएको भनिएको प्रतिवेदनउपरको कारबाहीको निरन्तरता अहिले कायम छ वा छैन ?

नयाँ प्रतिनिधि सभामा यो प्रस्ताव पेस हुने वा नहुने के हो ? उक्त महाभियोग प्रस्ताव तत्कालीन प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको भनिएको हो ? वा निर्वाचन भएको मितिले निष्प्रभावी भएको हो ?

अथवा महाभियोग लागेका सम्माननीय प्रधानन्यायाधीशले निवेदन दिनुभएको मितिले निष्प्रभावी भएको भनिएको हो ? नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी उल्लेख गर्नुभएको हो ?

सो कुराको जानकारी तत्काल उपलब्ध गराइदिनुहुन मिति २०७९ मंसिर २१ को पूर्ण बैठकको निर्णयाअनुसार अनुरोध गर्दछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *