अमेरिकी टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठबाट आउट भईन् परिजिता

काठमाडाैं । अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठबाट नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला आउट भएकी छिन् । उनी सेमिफाइनलबाट आउट भएकी हुन् ।

सेमिफाइनलनको नतिजा अनुसार ८ जना मध्ये ४ जना बाहिरिएका थिए । बाहिरिएका सबैलाई एक चोटी गीत गाउने मौका दिइएको थियो । ४ जनाले गीत गाएको ५ मिनेट भित्रमा मतदान गर्न लगाइएको थियो । त्यस मध्ये सबै भन्दा ज्यादा मत ल्याउँदै एक जनालाई ५ औँ स्थानमा अवसर दिँदै अन्तिम ५ मा प्रतिस्पर्धामा सहभागी हुने मौका दिएको थियो ।

परिजिता दमदार प्रस्तुति दिएपनि फाइनलमा प्रवेश गर्न असफल भइन् । गत सोमबार उनले अस्ट्रेलियाली गायिका तथा गीतकार सिया केट इजाबेल फर्लरको अनस्टपेवल गीत गाएकी थिइन् । अमेरिकी द भ्वाइसको २२ औँ संस्करणमा १७ वर्षीय परिजिता बाँस्तोला ८ प्रतिस्पर्धीहरुमा उनको प्रस्तुति उत्कृष्ट मध्येकै एक भएको थियो ।

अमेरिकी पूर्वीय समयअनुसार डिसेम्बर ५ तारिख राती ८ बजे देखि मंगलबार बिहान ७ बजेसम्म मतदानको समय थियो । परिजिता जन लेजेन्डको टोलीमा थिइन् । उनी द भ्वाइसमा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *