डा.तोसिमा कार्की फेसबुकमा लेख्छिन् ‘छोरी विवाह टुटोस्, इन्गेजमेन्ट नै टुटोस्’ तर तिमी नजल्नु है !

काठमाडौं । ललितपुर-३ बाट प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित राष्ट्रिय स्वन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्नो लागि जीतभन्दा बढी जिम्मेवारी महत्वपूर्ण भएको बताएकी तोसिमाले विवाह जीवन यात्राको सुनौलो सुरुवात हो भने डिभोर्स पनि अप्ठ्यारो र बोझपूर्ण यात्राको अन्त्यससहित नयाँ बिहानीको सुरुवात हो भनेकी छिन् ।

सांसद कार्कीले सामाजिक सञ्जाल फेसबुकमा एक कविता ती भावनाहरु समेट्दै सार्वजनिक गरेकी हुन् । राजधानीमा इन्गेजमेन्ट तोडिएपछि एक युवतीले केटाको घर अगाडि गएर गरेको —- लक्षित गरे जस्तो देखिने उक्त कवितामा तोसिमाले छोरी,

तिमी नसहनु है- छोरी,तिमी नजल्नु है । छोरी, म छु नि, मलाई भन्नु है । बरु ईज्जत जाओस्, बरु बेईज्जत होस्, बरु बिवाह टुटोस्,बरु ईन्गेजमेण्ट टुटोस्, छोरी आफैँलाई मात्र दोष नदिनु है, छोरी तिमी नसहनु है,छोरी, तिमी नजल्नु है । भन्दै लेखेकी छिन् । यस्तो छ उनले लेखेको कविताः

एक नारी र उसको परिवारलाई हेर्ने दृष्टिकोण फेरिनुपर्छ। जसरी विवाह जिवन यात्राको सुनौलो सुरुवात हो, त्यसरी नै डिभोर्स पनि अफ्ठ्यारो र बोझपूर्ण यात्राको अन्त्य सहित नयाँ बिहानीको खोजी हो।

समाजले यति मात्र बुझिदिए पनि कुण्ठा र पिँजडामा बाँच्न वाध्य धेरै नारीहरुले यहि नेपाली आकाशमा सुन्दर चरी झैँ आफ्नो जिवनमा गन्तव्यको उडान भर्न पाउने थिए।

यस्तै उनले निर्वाचित हुदै गर्दा भनेकी थिईन- जनताका मुद्दामा म सधैं साथमा उभिनेछु । मैले गरेका वाचा र तपाईंका आशा पूरा गरेपछि मात्र हाम्रो जीत हुनेछ,’ उनले भनिन्, ‘मलाई निरन्तर खबरदारी गरिदिनुहोला ।

संसदमा आफ्नो भूमिका राजनीतिको सुसभ्य परिभाषा स्थापित गर्नमा हुने उनको भनाइ छ । ‘संसदमा सांसदले जनता र जनमुद्दाको पक्षमा कसरी उभिने भनेर देखाउने छ। यसमा तपाईको साथ चाहिन्छ’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *