दक्षिणमुखी घर : हामीले प्रायः सुनेका छौं कि दक्षिणमुखी घर अशुभ हुन्छ । मान्यता अनुसार दक्षिण दिशालाई यमको दिशा र यम मृत्युको देवता मानिन्छ ।
जसका कारण हामी सबैको मनमा एउटा अज्ञात डर हुन्छ कि यदि हामीले दक्षिणमुखी घर किन्यौं वा पायौं भने हामीलाई केही अशुभ हुन सक्छ, तर दक्षिणमुखी घर सबैको लागि हो भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ।
जानाै ज्योतिष तथा वास्तु पण्डित हितेन्द्रकुमार शर्माका अनुसार राशि चक्र अनुसार दक्षिणमुखी घरले कुन राशिका मानिसहरूलाई कस्तो फल दिन्छ।
मेष राशिका लागि दक्षिणमुखी घर वा प्लट निकै शुभ मानिन्छ । भनिन्छ दक्षिणमुखी घरबाट तपाईको व्यक्तित्व विकास हुन्छ । कार्यमा सफलता मिल्छ ।
वृष राशिका लागि दक्षिणमुखी घर अशुभ मानिन्छ । यस्तो घरमा बस्दा मानिसले पैसा गुमाउँछन् र अनावश्यक खर्च गर्छन्। त्यसैले यस राशिका मानिस दक्षिणमुखी घरमा नबस्नु नै राम्राे हुन्छ ।
मिथुन राशिका व्यक्तिहरूलाई दक्षिणमुखी घरले अशुभ फल दिन्छ । यस्तो घरमा मिथुन राशिका मानिसलाई गम्भीर रोगको खतरा हुन्छ ।
कर्कट राशिका लागि दक्षिणमुखी घर हुनु शुभ मानिन्छ। दक्षिणमुखी घरमा बस्नाले देशको मान सम्मान बढ्छ । यसका साथै काममा पनि प्रगति हुने देखिन्छ ।
सिंह राशिका लागि दक्षिणमुखी घर भाग्यको कारण बन्न सक्छ। दक्षिणमुखी घर भएकाले सिंह राशिका व्यक्तिले १ भन्दा बढी घर बनाउने अवसर पाउँछन् ।
कन्या राशिका लागि दक्षिणमुखी घर अशुभ मानिन्छ । दक्षिणमुखी घरमा बस्दा कन्या राशिका मानिसहरुको जीवनमा धेरै समस्याहरु आउने गर्दछ ।
तुला राशिका लागि दक्षिणमुखी घरले मध्यम फल दिनेछ । ज्याेतिष विज्ञान अनुसार यस राशिका मानिसहरूका लागि दक्षिणमुखी घर अशुभ नभए पनि त्यति राम्राे वा लाभदायक भने हुँदैन । त्यसैले विचार गर्नुहाेला।
वृश्चिक राशिका लागि दक्षिणमुखी घर राम्रो मानिन्छ । यस घरमा बसेर सम्मान र आत्मबल प्राप्त हुन्छ। कार्यमा सफलता मिल्ने याेग प्रवल रहन्छ ।
धनु राशिका सन्तानका लागि दक्षिणमुखी घर शुभ मानिन्छ । यस दिशामा बस्ने व्यक्तिका सन्तानले उच्च शिक्षा पाउने सम्भावना रहेको बताइएको छ ।
मकर राशिका लागि दक्षिणमुखी घरले मिश्रित फल दिनेछ। यस राशिका व्यक्तिहरुलाई धन सम्वन्धी काममा फाइदा हुन्छ तर व्यक्तिको विकास हुन सक्दैन ।
कुम्भ राशि हुनेहरूका लागि दक्षिणमुखी घर राम्रो हुँदैन। यस घरमा बस्दा जीवन निकै संघर्षपूर्ण हुन्छ । त्यसैले यस्ताे घरमा बस्नु हुँदैन ।
मीन राशिका लागि दक्षिणमुखी घर राम्रो हुन्छ। यस घरमा बस्दा मीन राशिका व्यक्तिहरूलाई भाग्यको साथ मिल्छ। त्यसैले धन प्राप्ति र सुख सयल प्राप्त हुनसक्छ ।