अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै

काठमाडाैं । अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस आज मनाइँदैछ । ‘बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी’ भन्ने नारासहित यो दिवस मनाइँदैछ ।

नेपालमा प्रजनन उमेरका २० प्रतिशत महिलाले मात्रै सुरक्षित तवरले महिनावारी प्याड प्रयोग गर्ने गरेको पाइएको छ । कम गुणस्तरको प्याडको प्रयोग, लामोसमय एउटै प्याडको प्रयोग वा पुराना घरायसी कपडाको निरन्तर प्रयोग असुक्षित हुने स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन् ।

तर अधिकांस महिलाले आर्थिक अभावकै कारण सुरक्षित रुपमा प्याड प्रयोग गर्न नपाएको गुनासो गरेका छन् । यो समस्या ग्रामीण भेगमा बढी देखिएको छ ।

३ वर्ष अघि ६५ रूपैयाँ पर्ने प्याड अहिले १ सय ४० रूपैयाँ पर्छ । सरकारले अहिले प्याड आयातमा १ दशमलव ५ प्रतिशत मात्र कर लगाएको छ भने कच्चा पदार्थमा १ प्रतिशत भन्सार महशुल घोषणा गरिएको छ ।

तर केहि कच्चा पदार्थमा अतिरिक्त कर भने ३० प्रतिशतभन्दा बढी छ । तर सरकारी करका कारण स्वदेशमै उत्पादित प्याड आयातित भन्दा महँगो हुने गरेको छ । नेपालमा प्याड निःशुल्क गर्नुपर्ने माग बेलाबेलामा उठ्ने गरेको भए पनि सरकारले बेवास्ता गर्दै आएको छ ।

प्रदीप पौडेल र कुलमान घिसिङबीच भेट

काठमाडौँ ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले आफ्नो निर्वाचन क्षेत्रलाई नाङ्गो ताररहित बनाउन पहल सुरु गरेका छन् । यसै क्रममा उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग बुधबार छलफल गरेका छन् ।

पौडेलले प्राधिकरणमै पुगेर घिसिङसँग काठमाडौँ ५ सहित उपत्यकामा रहेका नाङ्गो तारको समस्या समाधान गर्न आग्रह गरे ।

उनले विद्युत् पोललाई यथाशक्य चाँडो प्रतिस्थापन गरी तारलाई भूमिगत गर्न, पोल प्रतिस्थापन भएका ठाउँमा भएका खाल्डा पुर्न र सम्पूर्ण नाङ्गा तारलाई कालो तारले प्रतिस्थापन गर्न आग्रह गरे । जवाफमा कार्यकारी निर्देशक घिसिङले कतिपय स्थानमा तार भूमिगत गर्ने काम भइरहेको र कतिपय स्थानमा अवरोध सिर्जना भएको जानकारी गराए ।

मुख्य सडक क्षेत्रमा काम भइरहेको र भित्री सडकमा साँघुरो बाटो र ढल एकै ठाउँमा भएका कारण काम गर्न अप्ठ्यारो भएको उनले बताए । तर, तीन वर्षभित्रमा यस्ता काम सम्पन्न हुने घिसिङको भनाइ छ ।

उनले समस्या समाधान गर्न काठमाडौँमा २० वटा सब स्टेसन निर्माण गर्ने र यसैअन्तर्गत टोखा नगरपालिकामा पनि एउटा स्टेसन रहने जानकारी गराए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *