१५ वर्षको उमेरमा मुटुकाे शल्यक्रिया गरेका रोनाल्डो, कीर्तिमानकाे भारी बाेकेर दाैडिरहेछन् !

काठमाडाैं । तपाईलाई आफ्नो सपना साकार बनाउनको लागि राम्रो भाग्य,राम्रो घर र राम्रो वातावरण चाहिँदैन। यदि तपाईंसँग आफ्नो सपनाहरू पूरा गर्ने जोश छ भने, तपाईंको लागि कुनै पनि लक्ष्य हासिल गर्न असम्भव हुन सक्दैन।

यसको प्रत्यक्ष उदाहरण हुन् विश्वका सबैभन्दा महँगा तथा चर्चित फुटबलरमध्ये एक क्रिस्टियानो रोनाल्डो, जसले आफ्नो कडा मेहनतले आफ्नो भाग्य बदलेका छन्। आज उनी करोडौं युवाका लागि रोल मोडल हुन्। उनले आफ्नो खेलले करोडौं मानिसलाई आफ्नो दिवाना बनाएका छन्।

क्रिस्टियानो रोनाल्डोका लागि यो यात्रा सहज थिएन। उनकी आमाले अरुको घरमा काम गरेर आफ्ना ४ सन्तान हुर्काएकी थिइन्। क्रिस्टियानो रोनाल्डोले कडा मेहनत गरे र आज उनी विश्वकै महान् खेलाडीमध्ये एक बन्न सफल भएका छन्। लाखौं युवाहरूको प्रेरणा क्रिष्टियानो रोनाल्डोको जीवनको प्रेरणादायी यात्राको कथा जानौं।

गरिबीमा बित्यो बाल्यकाल

क्रिस्टियानो रोनाल्डो ४ दाजुभाइमध्ये एक थिए। घरको आर्थिक अवस्था राम्रो नभएको कारण रोनाल्डोकी आमाले उनलाई जन्म दिन चाहन्नथिन। रोनाल्डोका बुबा मालीको काम गर्थे।

उनकी आमाले अरुको घरमा काम गरेर घर चलाउँथिन्। चार दाजुभाइमध्ये कान्छो,रोनाल्डोको परिवार टिनको छाना भएको घरमा बस्थे। उनीसँग खेल्नका लागि खेलौना पनि थिएन तर यतिका बाबजुद पनि उनले परिस्थितिसँग हार मान्नुको सट्टा लड्न सिके।

बाल्यकालदेखि नै फुटबलमा थियो रुचि

रोनाल्डोलाई सानैदेखि फुटबल खेल्न मन लाग्थ्यो। स्कुल पढ्दादेखि नै उनी स्कुलभन्दा फुटबल मैदानमा बढी समय बिताउने गर्थे। रोनाल्डो सानैदेखि उत्कृष्ट फुटबल खेल्थे। उनको फुटबलप्रतिको लगावका कारण नै आठ वर्षको उमेरमा स्थानीय टिमका लागि फुटबल खेल्न थालेका थिए।

१० वर्षको उमेरमा उनले पोर्चुगलको सबैभन्दा ठूलो फुटबल क्लबमा प्रवेश पाए। उनले लगातार दुई वर्ष त्यस क्लबबाट खेले, त्यसपछि उत्कृष्ट प्रदर्शनका कारण उनी वल्ड अन्डर–१७ टोलीमा छनोट भए।

१५ वर्षको उमेरमा मुटु रोगको सामना गर्नुपरेको थियो

रोनाल्डोको फुटबलप्रतिको लगाव दिनप्रतिदिन बढ्दै गयो। फलस्वरूप, १२ वर्षको उमेरमा, स्पोर्टिङ लिस्बनका ठूला अधिकारीहरूले रोनाल्डोलाई १५ पाउन्डमा अनुबन्ध गरे। यसपछि रोनाल्डोले आफ्नो घर छोड्नुपर्याे। तर १५ वर्षको उमेरमा रोनाल्डो एउटा रोगको सिकार भए, जसका कारण उनले मैदानबाट टाढा हुनुपरेको थियो।

तर, रोनाल्डो मुटुको शल्यक्रिया गरी फेरि मैदानमा फर्किए। त्याे बेला शल्यक्रिया गरेका उनी आज ३७ बर्षकाे उमेरमा किर्तिमानी गाथा बाेकेर दाैडिरहेछन् । यसै क्रममा उनका बुवाको पनि मृत्यु भयो तर आमाले उनको प्रदर्शनमा असर पर्न दिइनन्। उनी काम गरेर घरखर्च चलाउने गर्थिन्।

यसरी बने विश्वका महँगा फुटबलरमध्ये एक

कडा प्रशिक्षण पछि,रोनाल्डोले १७ वर्षको उमेरमा आफ्नो पहिलो क्लब म्याच खेले। त्यसको एक वर्षपछि सन् २००३ मा इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडले रोनाल्डोलाई १७ मिलियन अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। त्यसपछि, उनी अगाडि बढिरहे र आज उनी वार्षिक ७०० करोडभन्दा बढी कमाउँछन्।

फोर्ब्सका अनुसार रोनाल्डोले सन् २०२० मा ११७ मिलियन डलर कमाएका थिए। उनको कुल सम्पत्ति लगभग ४६० मिलियन डलर छ। यति मात्र होइन, उनी इन्स्टाग्राममा सबैभन्दा महँगो सेलिब्रेटी पनि हुन्।

इन्स्टाग्राम मार्केटिङ कम्पनी होपर एचक्यूको एक अध्ययन अनुसार रोनाल्डोले इन्स्टाग्राममा फोटो पोस्ट गरेर ९ लाख युरो कमाउँछन्। यसबाहेक उनीसँग लक्जरी कारको भण्डार छ।

३७ वर्षिय क्रिस्टियानो रोनाल्डो विश्वकै धनी फुटबलर हुन्। सर्वाधिक गोल गर्नेमा उनी विश्वकै दोस्रो स्थानमा छन्। इन्स्टाग्राममा रोनाल्डोको संसारमा सबैभन्दा धेरै फलोअर्स छन्।

उनले आफ्नो मिहिनेत र लगनशीलताले यो सबै कमाएका हुन्। आज उनी करोडौं युवाहरूको प्रेरणाको स्रोत बनेका छन्। उनले आफ्नो मेहनतले आफ्नो सफलताको कथा लेखेका छन्। उनी उत्कृष्ट खेलाडी बन्नुमा उनको कडा मेहनतको महत्त्वपूर्ण भूमिका छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *