काठमाडाैं । यूरोपको राहदानीमुक्त सेन्जेन यात्रा क्षेत्रमा सामेल हुन युरोपेली संघ (इयू)का मन्त्रीको बिहीबार बसेको बैठकले बुल्गेरिया र रोमानिया थप निराशाको डरमा छन् ।
युरोपियन युनियनका दुई गरिब मुलुक युरोपका बाँकी देशसँग सहज व्यापार गर्न चाहन्छन् तर विशेष गरी तेस्रो देशबाट बसाइँसराइलाई लिएर अस्ट्रियाको चिन्ताको सामना गरिरहेका छन् ।
ब्रसेल्समा हुने इयूका न्याय मन्त्रीको बैठकमा रोमानिया र बुल्गेरियाका साथै क्रोएसियाका बोलपत्रमाथि बहस हुनेछ, जसको अनुरोधले स्वीकृतिका लागि सममति जुट्ने अपेक्षा गरिएको छ ।
“छलफलका लागि सेन्जेनको प्रवेश दर्जनौँ पटक स्थगित गरिएको छ । बुल्गेरिया र रोमानियालाई छुट्याउने गिर्गु सीमा चौकीमा चार किलोमिटर लामो लाइनमा फसेका चालक एलेक्जेन्ड्रु बिर्नियाले भन्नुभयो, “सहमति जुट्नेमा मलाई एक रति पनि विश्वास छैन ।”
सेन्जेन जोनमा प्रवेश गर्दा ४० करोडभन्दा बढी मानिस आफ्ना २६ सदस्य राष्ट्रको वरिपरि निर्वाधरूपमा आवतजावत गर्न सक्षम हुनेछन् र यसले बिर्नियाजस्ता पूर्वीयुरोप हुँदै यात्रा गर्ने हजारौँ ट्रक ड्राइभरको जीवनलाई धेरै सजिलो बनाउनेछ ।
तीमध्ये चार राष्ट्र इयूबाहिर छन् । “हामी यी अन्तहीन लाइनमा धेरैभन्दा धेरै समय बर्बाद गर्नबाट बच्न चाहन्छौँ,” बिर्नियाले दुखेसो पोख्दै भन्नुभयो । “यसले हाम्रो कम्पनीको पैसा पनि खर्च गर्छ ।”
चीनमा ४१ करोड ५० लाख सवारी साधन र ५० करोड चालक
चीनमा सन् २०२२ को नोभेम्बरको अन्त्यसम्ममा करिब ४१ करोड ५० लाख सवारी साधन र ५० करोडभन्दा बढी सवारी चालक सूचीकृत भएका छन् ।
सवारी साधन र चालक दुवैको सङ्ख्या विश्वैमा पहिलो स्थानमा रहेको सार्वजनिक सुरक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।
पछिल्ला वर्षहरूमा चीनको अटोमोबाइल स्वामित्व वार्षिक रूपमा दुई करोडभन्दा बढीले बढेर नोभेम्बरको अन्त्यमा कुल सङ्ख्या ३.१८ करोड पुगेको एमपीएसले बताएको छ।
सन् २०१४ देखि चिनियाँ लाइसेन्स प्राप्त चालकहरूले औसत वार्षिक दुई करोड ५० लाखको सङ्ख्यामा बढ्दो छ । हाल दुई चिनियाँ वयस्क मध्ये एकसँग ड्राइभिङ लाइसेन्स छ ।
त्यसैगरी २५ वर्ष मुनिका चालकहरूको संख्या पाँच करोडभन्दा बढी छ जुन कुल जनसङ्ख्याको १०.९ प्रतिशत हो।चीनको ग्रामीण भेगमा हालैका वर्षहरूमा लाइसेन्स प्राप्त चालकहरूको सङ्ख्या तीव्र गतिमा बढेको छ । वार्षिक रूपमा एक करोड ३० लाखभन्दा बढीको वृद्धि भएको छ ।