विश्वकप फुटवलमा आजबाट क्वाटरफाइनलका खेलहरु शुरु

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । जारी विश्वकपको क्वाटरफाइलको खेलसँगै रोचक प्रतिश्पर्धा हुने देखिएको छ ।

कतारको एजुकेसन सिटी स्टेडियममा हुने पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ भने पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने–सामने हुनेछ । यी मध्ये एक टोलीले सेमिफाइनलमा खेल्न पाउनेछ ।

अघिल्लो खेलमा बलियो टिम स्पेन पराजित भएसँगै रोचक बनेको विश्वकप विगतको विश्व विजेता अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल हेर्न संसारभरका अरवौं खेलप्रेमी प्रतिक्षारत छन् ।

सधैको विश्वकप फुटवलको दावेदार टिमहरु अर्जेटिना र ब्राजिल छुट्टा छुट्टै टिमसँग भिड्ने यो खेल को नतिजाले आगामी खेलहरु झन् रोचक बनाउनेछ ।

फिफा वरीयतामा विश्व एक नम्बर रहेको ब्राजिल ब्राजिलले २००२ पछि उपाधि जित्न भने सकेको छैन । फिफा वरीयतामा तेस्रो स्थानमा अर्जेन्टिना रहेको लिओनल मेसीको सम्भावित अन्तिम विश्वकपको खेलको नतिजा हेर्न संसारभरका खेलप्रेमी उत्साहित छन् ।

स्पेनका प्रशिक्षक लुइस इन्‍रिकेले दिए राजीनामा

कतारमा जारी विश्वकप फुटबलमा निराशाजनक प्रदर्शनपछि स्पेनी प्रशिक्षक लुइस इन्‍रिकेले राजीनामा दिएका छन् । फिफा विश्वकपअन्तर्गत अन्तिम १६ को खेलमा अनपेक्षितरुपमा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि उनले बिहीबार राजीनामा दिएका हुन् ।

मोरक्कोसँग पराजित भएपछि त्यसको दोष आफूले लिने उनले बताएका थिए । ५२ वर्षीय उनले स्पेनी प्रशिक्षकबाट राजीनामा दिएसँगै अब चाँडै क्लब फुटबलमा फर्किने तयारी गरेका छन् ।

उनी स्पेनिस क्लब बार्सिलोनाका पूर्वप्रशिक्षक पनि हुन्। उनी सन् २०१८ मा पहिलो पटक स्पेनिस फुटबल टिमका प्रशिक्षक भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *