लुम्बिनी प्रदेश लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौँ । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भन्दै आयोगले योग्यता पुगेका उम्मेदवारलाई दरखास्त आह्वान गरेको हो ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भन्दै आयोगले कर्मचारी माग गरेको छ ।

पुस १४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना:

सहसचिवका उम्मेदवारहरूको सूची सार्वजनिक, दरखास्त स्वीकृत नभएकालाई ७ दिने म्याद

लोक सेवा आयोगले सहसचिवका लागि दरखास्त दिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।

आयोगले कार्य सञ्चालन निर्देशिका, २०७९ को दफा १८ बमोजिमका विज्ञापनका लागि पेस गरिएका आन्तरिकतर्फ विज्ञापन नम्बर १६६५१–१६६५४/०७९–८० को न्याय, परराष्ट्र, प्रशासन,

लेखापरीक्षण समूह र खुल्ला/समावेशीतर्फ तर्फ विज्ञापन नम्बर १६६५५–१६६५८/०७९–०८० को न्याय, परराष्ट्र र प्रशासन का परीक्षाका लागि दरखास्त स्वीकृत भएका र हुन नसकेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो ।

दरखास्त फाराम स्वीकृत हुन नसकेका उम्मेदवारहरूलाई सूचना प्रकाशन भएको सात दिन भित्र दरखास्त फाराम स्वीकृत गर्न पेस गर्नुपर्ने प्रमाण वा कागजात पेस गर्न अन्यथा प्रकाशित सूचना अनुसार नै भई जाने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *