शिक्षक सेवा आयोग : प्रावि तहको नतिजा प्रकाशन ढिलाइ हुनुकाे कारण के हाे ?

काठमाडाैं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा निम्नमाध्यमिक तृतीय तहको शिक्षक सिफारिस भएपछि मात्रै सार्वजनिक गरिने बताएको छ।

मावि तहमा नाम निकाल्न सफल भएका शिक्षक निमावि तहमा दोहोरिनेको संख्या बढी देखिएकाले निमाविमा सिफारिस भइसकेपछि मात्रै प्रावि तहको नतिजा प्रकाशन गरिने आयोगले बताएको हो।

आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाका अनुसार मावि तहमा सिफारिस भइसकेकाले निमावि तहमा पनि नाम निकालेको पाइएको छ। यसले कोटा ल्याप्स हुने देखिएकाले निमाविको अन्तर्वार्ताबाट सिफारिस भएपछि मात्रै प्रावि तहको नतिजा निकाल्ने तयारी गरिएको हो।

निमाविमा नाम निकाल्ने व्यक्तिले प्राविमा पनि निकाल्दा कम सिफारिस हुन गई कोटा ल्याप्स हुने भएकाले यस्तो गरिएको प्रवक्ता मरहठ्ठाको भनाइ छ। आयोगले निमावि तह तृतीय तह श्रेणी शिक्षक पदका लागि २८ मंसिरदेखि ३ पुससम्म अन्तर्वार्ताको मिति तोकेको छ।

उच्च शिक्षाको विकासमा त्रिविको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ ।

शुक्रबार पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको बताउनुभएको हो ।

“त्रिभुवन विश्वविद्यालयले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो,

“ नेपालमा उच्च शिक्षा प्रवर्द्धन र विकासमा मुलुककै जेठो तथा अग्रणी विश्वविद्यालयको रुपमा रहेको यस विश्वविद्यालयले पुर्‍याएको योगदान हामी सबैका सामु जगजाहेर छ ।

आज मुलुकको राजनीतिक र प्रशासकीय नेतृत्व सम्हाल्ने अधिकांश जनशक्ति त्रिभुवन विश्वविद्यालयकै हुनुहुन्छ । यस्तो महत्त्वपूर्ण शिक्षा प्रदान गर्ने विश्वविद्यालयबाट दीक्षित हुन पाउनु विद्यार्थी स्वयंमा पनि गौरवको विषय हो ।”

उहाँले यस विश्वविद्यालयबाट चिकित्साशास्त्र, इन्जिनियरिङ, भौतिक विज्ञान, व्यवस्थापनलगायतका विषयका क्याम्पस दक्षिण एसियाकै प्रतिष्ठितमा पर्ने बताउनुभएको हो । उहाँले शैक्षिक प्रतिष्ठानको गुणस्तरलाई समयको पदचापसँगै अगाडि बढाउन आवश्यक रहेको समेत औंल्याउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *