लोकदोहोरी गायक छत्र शाहीले काजल जोशीलाई बल्ल सिंदुर हाले !

काठमाडौं । चर्चित लोकदोहोरी गायक छत्र शाही र गायिका काजल जोशीले बिवाह गरेका छन् । लोकदोहारीमा चर्चित यो जोडीले शुक्रबार बिहान गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार विवाह गरेका हुन् । २०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं शुक्रबार पूरा भएको हो ।

टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित छन् । कैलालीकी काजल र जुम्लाका छत्र लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

अभिनयमा छाएकी मोडेल मिङमा डोमाको चर्चा

सानै उमेरमा नृत्य र अभिनयबाट दर्शकको मन जित्न सफल मोडेल मिङमा डोमा शेर्पाको चर्चा हिजोआज बढ्दो छ । अभिनय र नृत्य राम्रो गर्ने शेर्पाको चर्चा म्युजिक भिडियोमा चुलिन थालेको हो ।

कला क्षेत्रमा मङ्गोलियन अनुहारका नायिका र मोडेलको उपस्थिति कमै देखिन्छ । मोडेल शेर्पा अभिनयमा उदाएसँगै दर्शकले रुचाउन थालेको छ । पछिल्लो समय नादिङ, तामाङ सेलो लयका गीतहरूमा उनले अभिनय गरेकी छिन् ।

मोडेल शेर्पाको अभिनय रहेको गीत ‘मज्जाले नाचौला’ युटुवमा छोटो समयमै एक करोड ६० लाख बढीले हेरिसकेको छ । यी गीत मात्र नभएर मोडेल शेर्पाले अभिनय गरेका एक दर्जन बढी गीतले बजार लिएको छ ।

मंगोलिन अनुहार भएकी भुटानी अभिनेत्री उगेन छोदेन ले अभिनय गरेको नेपाली चलचित्र ‘दुई नम्बरी’ले पनि दर्शकको मन जितेको थियो । त्यस्तै उदाहरण बनेको छ मिङमा डोमाको पनि ।

२० वर्षीया शेर्पाले २०७४ सालमा ‘आइ क्यान डान्स’ नामक रियालिटी सो मा दोस्रो भएसँगै निरन्तर नृत्य र अभिनय क्षेत्रलाई निरन्तरता दिएको उनी बताउँछिन् । अभिनयसँगै वाणिज्य विषयबाटै स्नातकोत्तर सकेर बैंर्कस बन्ने उनकाे लक्ष्य छ ।

लाक्पा तेन्जि शेर्पाको ‘मज्जाले नाचौला’ लगायत ‘कुसुमे रुमाल दुई’, रामकुमार कार्कीको ‘घर त रामेछाप’ सँगै नदिङ, झ्याउरे, तामाङ सेलो भाकाको एक दर्जन गीतमा गरेको अभिनयलाई दर्शकले मन पराएका छन् ।

उमाकुन्ड गाउँपालिका २, रामेछाप स्थायी घर भएकी मोडल शेर्पा वाणिज्य विषयमा स्नातक गर्दै छिन् । हाल गोकर्णेश्वर ८ काठमाडौंमा बस्दै आएकी मोडल शेर्पा आफूलाई बाबु आङकाले र आमा याङडी शेर्पाको सहयोगले कला क्षेत्रलाई निरन्तरता दिँदै आएको बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *