रवि लामिछानेले चुनावमा कति खर्च गरे बुझाए विवरण !

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवनको प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित लामिछानले रु ११ लाख ८१ हजार चार सय ७२ को खर्च विवरण आज बुझाएका हुन्।

मतदाता नामावली खरिद, सवारीसाधन, सवारी इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा सांसद लामिछानेले खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए ।

सभापति लामिछानेले यसअघि नै सामाजिक सञ्जालमार्फत आफ्नो खर्च विवरण सार्वजनिक गरेका थिए । लामिछानेले प्रत्येक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैँ उपस्थित हुने बताउँदै आएका छन् ।

चितवनमा अन्य उम्मेदवारहरूले पनि खर्च विवरण बुझाइरहेका कार्यालयले जानकारी दिएको छ ।

माओवादीले समानुपातिकको सूची भोलि टुंग्याउने

नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको सांसदको लगाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आज बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने अपेक्षा गरिएको भए पनि छलफल जारी रहेकाले निर्णयमा पुग्न असमर्थ भएको सो पार्टीले जनाएको छ ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ ।

संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पु¥याउनुपर्ने व्यवस्थाअनुसार माओवादीले प्रतिनिधिसभामा १२ जना महिला पठाउनुपर्नेछ । बाँकी रहेको दुई सिटमा पुरुष पठाउने सक्नेछ ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार निर्वाचन आयोगले दिएको समयसीमाभित्रै नामावलीलाई अन्तिम रुप दिइनेछ । निर्वाचन आयोगले शनिबारसम्म दलहरूलाई समानुपातितर्फको सूची निर्धारण गर्न समय दिएको छ ।

माओवादीको बैठक शनिबार पुनः बस्नेछ । प्रदेशसभातर्फ प्रत्यक्षमा ५३ सिट जितेको माओवादीले समानुपातितर्फबाट भने २९ सिट पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *