विश्वकप फुटबल नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडाैं । नेदरल्याण्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउमा ४ – ३ ले पराजित गर्दै अर्जेन्टिना ८ वर्षपछि सेमिफाइनलमा पुगेको हो।

२०१४ मा नेदरल्याण्ड्सलाई सेमिफाइनलमा पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको थियो। ८ वर्षपछि विश्वकपमा फर्किएको नेदरल्याण्डसलाई पुनः बिदा गरेको हो।

खेलको सुरुवातमा अर्जेन्टिनाले २–० को अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा थप गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो।

त्यसअघि अर्जेन्टिनाले कप्तान लियोनल मेस्सी र नहुएल मोलिनाको गोलमा अग्रता लिएको थियो। पहिलो हाफमा मोलिनाको गोलमा अग्रता लिएको अर्जेन्टिनाका लागि मेस्सीले ७३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

तर अन्तिम समयमा नेदरल्याण्ड्सका ओउट वेग्होस्र्टले दुई गोल गर्दै नेदरल्याण्डसलाई खेलमा फर्काए। त्यसपछि खेल लम्बिएको थियो।

यसअघि २०१४ मा पनि नेदरल्याण्ड्स पेनाल्टी सुटआउटमै पराजित भएको थियो। अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि क्रोएसियासँग खेल्ने छ। क्रोएसिया पेनाल्टी सुटआउटमै ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।

नेदरल्याण्ड्सको बाटोमा फेरि पनि अर्जेन्टिना बाधक

अर्जेन्टिनासँग पराजित हुँदै नेदरल्याण्ड्स कतार विश्वकपको क्वार्टरफाइनलबाटै घर फर्किएको छ। लुसैले स्टेडियममा शनिबार बिहान सकिएको खेलमा पेनाल्टी सुटआउटमा अर्जेन्टिनासँग ४-३ ले पराजित हुँदै नेदरल्याण्ड्स अन्तिम ८ बाटै बाहिरिएको हो।

खेलको ३५ औँ मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए। ७३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीको पेनाल्टीमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेको थियो। तर ८३ औँ मिनेटमा ओउट वेग्होस्र्टको गोलमा नेदरल्याण्ड्स खेलमा फर्किएको थियो।

खेलको अतिरिक्त समयमा वेग्होस्र्टले गोल गर्दै २–२ को बराबरी गरेका थिए। निर्धारित समयमा दुवैतर्फबाट बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

यसअघि सन् २०१४ को सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टीमा ४–२ ले पराजित हुँदै डच टोली उपाधिबाट टाढिएको थियो।

यसअघि सन् २०१८ मा छनोट नै हुन नसकेको नेदरल्याण्ड्स २०१४ मा भने तेस्रो भएको थियो। सो खेलमा ब्राजिलसँग ३–० ले पराजित हुँदै डच टोली बाहिरिएको थियो। २०१० को उपविजेता टोली २०१६ मा भने नकआउट चरणबाटै बाहिरिएको थियो।

विश्वकपमा उतारचढावपुर्ण यात्रा गरेको नेदरल्याण्ड्स २००२ मा भने छनोट नै हुन सकेन। १९९८ मा चौथो भएको डच टोली १९९४ मा क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। १९७४ र १९७८ को उपविजेता टोली १९३४ र ३८ मा भने नकआउट चरणबाटै बाहिरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *