काठमाडाैं । निर्वाचन आयोगले शनिबार दिउँसो ४ बजेसम्मका लागि दिएको समायसीमामा समानुपातिक सूची बुझाउन मुख्य राजनीतिक दलहरू आन्तरिक तयारीमा छन्।
यसैबीच प्रत्यक्षमा पहिलो र समानुपातिकर्फ दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले २९ जना महिला र ३ जना पुरुष समानुपातिकर्फ समावेश गर्ने भएको छ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुमध्ये ३३ प्रतिशत महिला हुनपर्ने प्रावधान अनुसार कांग्रेसले समानुपातिकतर्फबा २९ महिला समावेश गर्ने भएको हो।
समानुपातिकमा पाउने ३२ सिटमध्ये बाँकी ३ जना पुरुष छनोट हुनेछन्। कांग्रेस निकट स्रोतका अुनसार डा. प्रकाशशरण महत, बिमलेन्द्र निधि र जीवन परियार समाुनपातिकमा समावेश हुने भएका छन्।
महत खस आर्यतर्फको, निधि मधेशीतर्फ र परियार दलिततर्फको क्लस्टरबाट समानुपाति सांसद बनाउने तयारी रहेको कांग्रेस स्रोतको भनाइ छ।
समानुपातिकको सूचीमा रहेका गोपालमान श्रेष्ठको पनि चर्चा थियो। यल्पि आदिवासी जनजातितर्फ प्रत्यक्ष जितेका सांसद धेरै भएका कारणले उनको संभावना कम भएको स्रोतको भनाइ छ।
‘कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवार नै न उठाएको र समानुपातिकमा नल्याउँदा प्रतिनिधित्व पुरुष तर्फ शून्य हुने भएकाले परियार आउनुहुन्छ’ एक पदाधिकारी निकट स्रोतले भन्यो।
कांग्रेसभित्रको आन्तरिक गुट व्यवस्थापन मिलाउनका लागि पनि परियारलाई समावेश गर्नुपर्ने बाध्यता छ। महत र निधि देउवा गुटका हुन भने परियार शेखर कोइराला गुटका हुन्। गोपालमान श्रेष्ठलाई भने राष्ट्रियसभामा लानेगरी सहमति गर्ने तयारी छ।
प्रचण्डको ‘गोजी’मा समानुपातिक सांसदको सूची, आयोगमा बुझाउने तयारी
नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ आफ्नो पार्टीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूको सूची तयार पारेको छ। शुक्रबार बसेको पार्टीको पदाधिकारी बैठकमा नै समानुपातिकमा पर्ने सांसदहरुको सूची तय भइसकेको थियो।
यद्यपि केही नाममा सहमति हुन नसकेपछि निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो।
त्यसपछि पुनः शनिबार बैठक बसेर सो सूचीबारे जानकारी गराउने भनिएपनि शनिबार माओवादी बैठक बस्ने संभावना कम भएको एक नेताले जानकारी दिए। ती नेताका अनुसार अध्यक्ष प्रचण्डले समानुपातिक सूची तयार पारेर ‘गोजी’मा राखेका छन्।
निर्वाचन आयोगले शनिबार दिउँसो ४ बजेसम्मका लागि दिएको समायसीमाभित्र पुगेर सूची बुझाउने तयारी भएको ती नेताले जानकारी दिए।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ।
संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउनुपर्ने व्यवस्थाअनुसार माओवादीले प्रतिनिधिसभामा १२ जना महिला पठाउनुपर्नेछ। बाँकी रहेको दुई सिटमा पुरुष पठाउने सक्नेछ।