काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरुको सूची तय गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २९ महिला र ३ पुरुष गरी ३२ जनाको नाम निर्वाचन आयोगमा पठाउनका लागि सूची तयार गरेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकबाट उनीहरुको नाममा सहमति जुटाइएको छ।
प्रतिनिधिसभातर्फ दोस्रो ठूलोे पार्टी बन्दै कांग्रेसले ३२ जना समानुपातिक सांसद पाएको छ। जस अनुसार २९ महिला र ३ जना पुरुष पठाउने निर्णय कांग्रसले गरेको हो।
यी हुन समानुपातिक सांसदहरूः
आदिवासी जनजातितर्फ: सरस्वती बजिमय, लिलादेवी बोखिम, सिता कुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा सेरचन
खस आर्यतर्फ : अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की
मधेशी तर्फ नागिना यादव, मुक्ता कुमारी यादव, चन्दा चौधरी, संगिता मण्डल, निनुकुमारी कर्ण सांसद बनेका छन् भने दलित तर्फ शान्ति विक, रुपा विक, सीता मिजार र आशा विकले माैका पाएका छन् ।
थारु तर्फ कल्पना चौधरी, विना कुमारी थनेत चुनिएका छन् भने मुस्लिम तर्फबाट जावेदा खातुन् जागालाइ कांग्रेसले सांसद बनाएकाे छ ।
त्यस्तै पुरुष तर्फ जीवन परियार (दलिततर्फ) विमलेन्द्र निधि (मधेशतर्फ) र प्रकाशशरण महत (खस आर्यतर्फ)बाट समानुपातिक सांसद बनेका छन् ।
अनलाइन बीए (अनर्स) सञ्चालनका लागि चार संस्थाबीच सम्झौता
अनलाइन बीए (अनर्स) सञ्चालनका लागि इस्लिङटन कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभीआई ग्रुपबीच सम्झौता भएको छ।
लण्डन मेट्रोपोलिटन विश्वविद्यालयले तयार पारेका पाठ्यक्रम म्यानम्यार र थाइल्याण्डमा अध्यापन गरिनेछ भने आरभीआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित सञ्चालन गर्नेछ।
‘इस्लिङट्न कलेजले विद्यार्थीका स्नातक तहका प्रक्रियालाई सहजीकरण गर्नेछ’ इस्लिङट्न कलेज र इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले भने,
‘कलेजले विद्यार्थी परामर्श, भर्ना प्रक्रिया र विद्यार्थीको क्षमता अभिवृद्धीमा काम गर्ने छ। इस्लिङट्न कलेजका संकाय लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको दिशानिर्देश अनुसार मार्किङ प्रक्रियाहरू सञ्चालन गर्न जिम्मेवार हुनेछ।’
सिंगापुरमा कार्यालय रहेको आरभिआई ग्रुपले विश्वका २० शैक्षिक केन्द्र र ६ वटामा एकेडेमिक्स काम गरिरहेको छ। आरभीआई ग्रुपले भियतनाम, इन्डोनेसिया, कम्बोडिया, म्यानमार, थाइल्याण्ड लगायत अन्य मुलुकमा काम गरिरहेको छ।
यो ग्रुपले थाइल्याण्ड र म्यानमारमा अनलाईन कक्षा सञ्चालन गर्न भूमिका खेल्नेछ । माइ सेकेन्ड टिचर अनलाइन शिक्षा सञ्चालनका लागि प्रयोग गरिनेछ।
सम्झौता हस्ताक्षर समारोहमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसी, आरभीआई ग्रुपका आर्गस एङ्ग, माइ सेकेन्ड टिचरका संस्थापक डा. बेन्सन सुङ, इस्लिङट्न कलेज र इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीको उपस्थिति रहेको थियो।