काठमाडाैं । नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदका लागि आफूले पाएको कोटाअनुसार नाम आयोगमा सिफारिस गरेको छ ।
आज बसेको पार्टी सचिवालयको बैठकले नाम टुंगो लगाएर आयोगमा सिफारिस गरेको हो । समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएको एमालेले ३४ सिट पाएको छ ।
तीमध्ये २२ महिला र १२ पुरुषको नाम पठाएको हो । यसअघि बन्दसूचीमा समावेश गरिएका नामहरू सांसदका लागि सिफारिस भएका हुन् । एमालेले यसअघि परिवार दलका अध्यक्ष रहेका एकनाथ ढकाललाई पनि सांसदमा सिफारिस गरेको छ ।
आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकीमगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा चुनिएका छन्।
त्यस्तै, खसआर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल छानिएका छन्।
थारु क्लस्टरबाट आश्माकुमारी चौधरी र शान्ति चौधरी चयन भएका छन् भने दलिततर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पाश्वान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मिणी राणा बराइली र हर्कमाया विश्वकर्मा छनोट भएका छन्।
मधेशीतर्फ गंगाप्रसाद यादव, अमृतराज लालवंशी, वीना देवी, अमृतादेवी अग्रहरी, प्रतीक्षा तिवारी मुखिया र मुस्लिमतर्फ सराज अहमद फारुखी निर्वाचित भएका हुन्।