फ्रान्स र इंग्ल्यान्ड खेल्दैः सबैको नजरमा एमबाप्पे

काठमाडाैं । कतारमा जारी विश्वकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेलमा फ्रान्सले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । २०१८ को विश्वकप विजेता फ्रान्स इंग्ल्यान्डलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ ।

फ्रान्स र इंग्ल्यान्डबीचको खेल कतारको अल बेत रंगशालामा राति १२ः४५ बजे खेल सुरू हुनेछ । ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्ड फ्रान्सलाई पराजित गर्दै विश्वकपको सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ ।

फ्रान्सको फरवार्डलाई रोक्न इंग्ल्यान्डलाई धेरै कठिन हुनेछ । फ्रान्समा केलियन एम्बाप्पे, ओलिभियर जिरुड, एन्टोनी ग्रिजम्यान जस्ता उच्च लयमा रहेका फरवार्ड छन् ।

फ्रान्स
फ्रान्स लगातार विश्वकप जित्ने लक्ष्यसहित खेलिरहेको छ । फ्रान्सले प्रिक्वार्टरफाइनलमा पोल्यान्डलाई ३–१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

समूह ‘डी’ को विजेता बनेको फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ गोलले पराजित गरेको थियो । दोस्रोे खेलमा डेनमार्कलाई २–१ गोलले हराएको फ्रान्स तेस्रो खेलमा भने ट्युनिसियासँग १–० गोलको लज्जास्पद हार ब्यहोरेको थियो ।

इंग्ल्यान्ड

जारी विश्वकप फुटबलमा अपराजित यात्रामा रहेको अर्को टिम हो, इंग्ल्यान्ड । प्रिक्वार्टरफाइनलमा सेनेगललाई ३–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको इंग्ल्यान्ड सन्तुलित टिम हो । फ्रान्सलाई पराजित गरे इंग्ल्यान्डको सेमिफाइनलमा भेट पोर्चुगल र मोरोक्कोबीचको विजेतासँग हुनेछ ।

समूह ‘बी’ मा तीन खेलबाट सात अंक बनाएर विजेता बनेको इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा इरानलाई ६–२ गोलले पराजित गरेको थियो । दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरी खेलेको इंग्ल्यान्डले तेस्रो खेलमा भने वेल्सलाई ३–० ले हराएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *