काठमाडाैं । पुसमा माध्यमिक तह, माघमा निम्नमाध्यमिक तह र फागुनमा प्राथमिक तहको विज्ञापन गर्ने गरी २०७९ सालको बार्षिक कार्यतालिका सार्वजनिक गरेको शिक्षक सेवा आयोगले
गत वर्ष आव्हान गरेको तीनै तहको खुला तर्फको शिक्षक छनोटको परीक्षा अन्तर्गत माध्यमिक तहमा शिक्षक नियुक्तिका लागि सम्बिन्धित निकायमा सिफारिस गरिसकेको छ ।
त्यसैगरी निम्न माध्यमिक तहको विषयगत परीक्षाको नतिजा सार्वजनिक गरेर अन्तर्वार्ताको तयारी गरिरहेको छ । मंसिर २८ गते सञ्चालन गर्ने अन्तर्वार्ता कार्यक्रम पुस ४ गते सम्म सक्ने गरी सूचना जारी गरेको छ ।
निवि तहका सबै विषय शिक्षक नियुक्तिका लागि सिफारिस गरिसकेपछि मात्र आयोग प्राथमिक तहको सामान्य परीक्षाको नतिजा सार्वजनिक गरी अन्तर्वार्ताका लागि उम्मेद्वार छनोग गर्ने तयारीमा रहेको जनाएको छ ।
आयोगले निमाविको अन्तर्वार्ताको सिफारिस गरिसकेपछि प्राथमिक तहको नतिजा प्रकाशन गरेको अवस्थामा उम्मेदवारहरु नदोहोरिने र प्राविमा अन्य योग्य उम्मेदवारहरू आउने भएकोले निमाविका शिक्षक सिफारिस गरेपछि मात्र प्राविको नतिजा सार्वजनिक गर्ने भएको बताएको छ ।
आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षा केन्द्र कायम भई परीक्षा सञ्चालन भएको जिल्लाको शिक्षा विकास तथा समन्वयमा पठाएको छ ।
लाइसेन्स परीक्षामा उत्तीर्ण उम्मेदेवारले सम्बन्धित एकाइमा सम्पर्क राख्नु पर्ने जनाएको हो । लाइसेन्स वितरण गर्न सुरु भएको एक वर्ष भित्र लिइसक्नु पर्ने आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ ।
लुम्बिनी प्रदेश लोक सेवा आयोगले विभिन्न पदमा माग्यो कर्मचारी(सूचनासहित)
प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भन्दै आयोगले योग्यता पुगेका उम्मेदवारलाई दरखास्त आह्वान गरेको हो ।
कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भन्दै आयोगले कर्मचारी माग गरेको छ ।
पुस १४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।