फुटबल खेल्न मैदान छिरेका मेयर बालेनको टीमले ६ गोल खायो

काठमाडौं। काठमाडौँ महानगरपालिकाले महानगर दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल आयोजना गरेको छ । सोमबार दशरथ रंगशालामा जनप्रतिनिधिको एक टोली र कर्मचारीको टोलीबीचको मैत्रीपूर्ण फुटबल भएको हो ।

खेलमा कर्मचारीको टोलीले जनप्रतिनिधिको टोलीलाई ६–१ गोल अन्तरले पराजित गरेको छ । जनप्रतिनिधिको टीमको नेतृत्व काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ र कर्मचारी टीमको नेतृत्व बसन्त अधिकारीले गरेका थिए ।

जनप्रतिनिधिको टोलीमा मेयर शासहित महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु र कर्मचारीको टोलीमा महानगरका कर्मचारी र नगर प्रहरीका प्रमुख राजु पाण्डेसहित नगर प्रहरीहरु सहभागी थिए ।

महानगरकी उपप्रमुख सुनिता डंगोल पनि रंगाशामा उपस्थित थिइन् । तर उनी खेलाडीका रुपमा मैदान प्रवेश भने गरिनन् । उनले बाहिरै बसेर बालेनको टीमको पक्षमा हुटिङ गरेको देखिन्थ्यो ।

महानगरले सप्ताहव्यापी कार्यक्रमसहित २८औँ महानगर दिवस मनाइरहेको छ ।

फेरियो घोडाको प्रयोग

सडक विस्तार नहुँदासम्म छिटो गन्तब्यमा पुग्न घोडाको विकल्प थिएन । घोडा चढ्नु र पाल्नुलाई व्यक्तिको आर्थिक, सामाजिक हैसियत र प्रतिष्ठासँग तुलना गरिन्थ्यो । केहि बर्ष अघिसम्म यातायातका साधनका रुपमा प्रयोग हुने घोडा अहिले सडक विस्तारसँगै विस्थापित भएका छन् ।

घोडाको ठाउँ मोटरसाइकल र गाडीले लिएका छन् । घोडामा चढ्ने र सामान ढुवानी गर्ने चलन अहिले घटेको छ । घोडाको प्रयोग हिजोआज फेरिएको छ । तर पर्यटकका लागि भने घोडा आकर्षण बनेको छ । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका याम पुन पर्यटकलाई गन्तब्यमा पुर्‍याउनका लागि घोडाको माग बढ्न थालेको बताउँछन् ।

“घोडा चढेर यात्रा गर्न पर्यटकले रुचाएका छन्”, उनले भने, “सडक भएपछि सामान बोक्न र हामीले चढ्न प्रयोग गरेका घोडालाई अहिले पर्यटक बोक्न प्रयोग गरेका छौँ ।”

घोडेपानीदेखि घान्द्रुक र नयाँपुलदेखि घोडेपानी आवतजावत गर्ने पर्यटकलाई घोडामा चढाएर आयआर्जन गर्ने माध्यम बनेको छ । घोडेपानीका छ वटा होटलले पर्यटकलाई चढाउनका लागि २५ घोडा पालेका छन् । पर्यटकलाई घोडामा चढाएर घोडेपानीदेखि घान्द्रुक पुर्‍याएको १५० डलर शुल्क तोकिएको छ ।

“कोही पर्यटकले ५००/६०० डलर तिरेर दुई तिन दिनसम्मका लागि घोडा भाडामा लिएर घुम्न लैजान्छन्”, घोडोपानीका होटल व्यवसायी डमबहादुर पुनले भने, “हेलिकप्टर जान नसक्ने ठाउँमा घाइते भएका र फसेका पर्यटकको उद्धारमा पनि घोडा प्रभावकारी बनेको छ ।”

अशक्त र हिँड्न गाह्रो भएरभन्दा पनि रमाइलोका लागि घोडा चढ्ने गरेका पुनले बताए। पर्यटकका लागि पुनले छ वटा घोडा पालेका छन् । घोडेपानीका साथै कास्कीको पर्यटकीयस्थल घान्द्रुकबाट छोमरोङ, अन्नपूर्ण आधार शिविरतर्फ जाने पर्यटकले पनि घोडाको प्रयोग गर्ने गरेका घोडा व्यवसायी अमित गुरुङले बताए ।

घान्द्रुकमा घोडा चढेबापत प्रतिदिन १०० देखि ११० डलर शुल्क तोकिएको उनले बताए। पर्यटक बोक्न घोडालाई भ्याइनभ्याइ भएको अर्का व्यवसायी हितमान गुरुङले बताए ।

घोडचढीप्रति पर्यटकको रुचि र आकर्षण बढेपछि घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने घोडा मार्ग बनाइएको घोडेपानीका होटल व्यवसायी सुशील पुनले बताए।

जङ्गलभित्र घोडा चढेर आवतजावत गर्न मिल्ने तीन किलोमिटर घोडामार्ग र प्यारीबाराही ताल परिसरमा तबेला बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *