काठमाडाैं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यलयले डिप्लोमा तथा प्रमाणपत्र तहको तहको शैक्षिक सत्र २०७९–८० का लागि रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ ।
प्रवेश परीक्षामा उत्तीर्ण भई भर्ना प्रकिया पश्चात अध्ययनरत विद्यार्थीहरूको रजिस्ट्रसन फारम मंसिर २८ गतेदेखि पुस १९ गते भित्रमा नियमित शुल्कमा र पुस २० गतेदेखि २६ गते भित्र विलम्ब शुल्कमा फारम भर्नेगरी सूचना जारी गरेको हो ।
सीटीईभीटी अन्तर्गतका प्रदेश कार्यालयहरूमा रजिस्ट्रसन फाराम बुझाउ सम्बन्धित सम्पूर्ण शिक्षण संस्थाहरूलाई निर्देश्न जारी गरेको छ ।
शिक्षालयहरूले वर्गीकृत (निःशुल्क) छात्रवृत्ति तथा पूर्ण शुल्कीय तर्फको प्रवेश तथा पुनः प्रवेश, परीक्षा उत्तीर्ण सूचीबाट हुने परीक्षार्थीको भर्ना सम्बन्धी सम्पूर्ण प्रक्रिया पुस ११ गते भित्रमा अनिवार्य रूपमा टुङ्ग्याउनु पर्ने सूचनामा उल्लेख गरेको छ ।
कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ ।
शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि पुस १५ गतेभित्र विलम्ब शुल्करहित र पुष मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिने बोर्डले बताएको छ ।
पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचना अनुसार माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा न्यूनमत १ ६ जीपीए प्राप्त गर्ने विद्याथीईले कक्षा ११ मा अध्ययन गर्न पाउने र सोही आधारमा रजिस्ट्रसेन फारम भर्नुपर्ने व्यवस्था रहेको छ ।
यस्तै पुष १५ भित्र आवेदन बुझाउँदा ४०० शुल्क लाग्ने र पुस मसान्तभित्र बुझाउँदा ८०० शुल्क लाग्ने बोर्डले जनाएको छ । त्यसका लागि आवेदन फारमसँगै प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईई को ग्रेडसिटको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ ।
कक्षा ११ को नयाँ पाठ्यक्रम अनुसारको विषय समूह र विषय कोड अनुरूप एक समूहबाट एक विषय मात्र अध्ययन गर्ने गरी फारम भर्ने व्यवस्था गरीएको छ ।