काठमाडाैं । प्रदेश नम्बर १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका सहायक स्तर पाँचौँ तह र चौथो तहमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको छ।
हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी र ल्याब असिस्टेन्ट माग गर्दै आयोगले आज विज्ञापन खुला गरेको छ।आयोगले कूल ६१५ जना स्वास्थ्य क्षेत्रका कर्मचारी माग गरेको छ। जसमा खुला र समावेशीबाट पदपूर्ति गरिने तयारी छ।
लुम्बिनी प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा माग्यो कर्मचारी(सूचनासहित)
प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भन्दै आयोगले योग्यता पुगेका उम्मेदवारलाई दरखास्त आह्वान गरेको हो ।
कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भन्दै आयोगले कर्मचारी माग गरेको छ ।
पुस १४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
प्रत्यक्ष र समानुपातिकमा गरी साढे १० लाख मत बदर
मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा एक करोड १० लाख ४७ हजार ३४ अर्थात् ६१.४१ प्रतिशत मतदान भएको थियो। जसमा ५.०६ प्रतिशत अर्थात पाँच लाख ५८ हजार मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
निर्वाचन आयोगको सूचना प्रविधि महाशाखाका अनुसार प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख २६ हजार २२६ अर्थात् ६१.३५ प्रतिशत मतदान भएको थियो। जसमा ५.०९ प्रतिशत अर्थात पाँच लाख ६६ हजार मत बदर भएको छ।
प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित प्रणालीका लागि एक करोड १० लाख ३४ हजार पाँच सय अर्थात् ६१.३६ प्रतिशत मतदान भएको थियो। त्यसमध्ये ४.०७ प्रतिशत मत बदर भएको छ।
त्यस्तै, प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १० लाख २८ हजार ३७६ अर्थात् ६१.३१ प्रतिशत मतदान भएको थियो। यसमा ६.५५ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ।
प्रदेश सभातर्फ प्रत्यक्षमा मनाङको प्रदेश सभा ‘ख’ मा निर्विरोध भएका भएको थियो। आयोगले समानुपातिकतर्फको विजयीको अन्तिम घोषणा मंगलबार गर्ने जनाएको छ।