समीक्षा अधिकारीले मध्यरातमा लेखिन् यस्तो स्टाटस, के भयाे फेरि एकै छिनमा हटाईन्… !

काठमाडौं । गायिका समीक्षा अधिकारी केही समययता नराम्ररी बिथोलिएकी छिन् । एउटा चर्चित प्रकरणमा जेलिएर उनको निजी जीवन नराम्ररी प्रभावित बनिरहेको छ ।

वि’वादमा परेदेखि समीक्षा लामो समय सामाजिक सञ्जालबाट अलप भइन् । केही समयदेखि फेरि सक्रिय छिन् । आफ्ना गतिविधिहरूबारे जानकारी दिइरहेकी छन् ।

हिजो मध्यरातको एउटा पोष्टले भने समीक्षाका फ्यानहरूलाई चिन्तित तुल्याएको छ । राति करिब साढे १२ बजे उनले निकै विरक्त लाग्दो स्टाटस लेखेकी थिइन् । केहीबेरमा हटाइन् । तर, उनले हटाउनुअघि नै धेरैले यसको स्क्रिनसट राखिसकेका थिए ।

के थियो त त्यो स्टाटस ?

समीक्षाले लेखेकी थिइन्, ‘मलाई अति नै गाह्रो भइसक्यो । अब म बाँच्न सक्दिनँ ।’

उनले आखिर किन लेखिन् त यति निराशाजनक स्ट्याटस ? करिअरका हिसाबले समीक्षा उर्वर समयमा छिन् ।

टिनएजमै उनले सांगीतिक क्षेत्रमा लोभलाग्दो सफलता आर्जन गरिसकिन् । तर, प्रेम र स्क्यान्डलले उनको करिअरलाई निकै क्षति पुर्‍याइरहेको छ । उनी अझै पनि यो विषयबाट बाहिर निस्कन नसकेको आभास उक्त स्टाटसले दिएको छ ।

 

मिसेस वर्ल्डमा दिक्षा केसीले नेपालको प्रतिनिधित्व गर्दै

यस वर्षको मिसेस वर्ल्डमा नेपालको तर्फबाट वाई–वाई मिसेस नेपाल वर्ल्डकी विजेता दिक्षा केसीले प्रतिनिधित्व गर्ने भएकी छिन् । डिसेम्बर १७ मा अमेरिकाको लस भेगासस्थित वेस्ट गेट रिसोर्टमा सम्पन्न हुने मिसेस वर्ल्डको फिनालेमा उनले प्रतिस्पर्धा गर्दै छिन् । प्रतिस्पर्धाका लागि उनी अमेरिका गइसकेकी छिन् ।

सन् १९८४ मा स्थापित मिसेस वर्ल्ड विवाहित महिलाहरूको पहिलो सौन्दर्य प्रतियोगिता हो । साथै उक्त विधाको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्ने गर्दछ । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रीका, अस्ट्रेलियालगायत महादेशवाट ६० भन्दा बढी राष्ट्रका प्रतिस्पर्धी सहभागी हुने छन् ।

मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेकी केसी मिसेस वर्ल्डमा यसै सम्बन्धित आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दैछिन् । उनले सुपी रसाइली एवम् मनिष राईद्वारा तयार पारिएको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्ने बताइएको छ ।

दिक्षा यस अघि नेपालमा सम्पन्न रिबन इन्टरटेनमेन्टद्वारा आयोजित वाई–वाई मिसेस नेपाल वर्ल्डमा सहभागी भएर उक्त प्रतियोगिताको विजेताको रूपमा चयन भएकी थिइन् । उक्त प्रतियोगिताको विजेता हुँदै मिसेस वर्ल्डमा सहभागिता जनाउन लागेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *