पृथ्वीमा धेरै अनौठा जीवहरू पाइन्छ । यी जीवहरू मध्य एउटा कमिला पनि हो । कमिलामा धेरै अनौठो चीजहरू देख्न सकिन्छ । कमिलाको बानी देखेर हामी सबै अचम्मित हुन्छौं।
कमिलाहरू सधैं एउटै लाइनमा हिडिरहेका हुन्छन् । कमिलाको यो बानीको पछाडि ठूलो कारण छ । कमिलाहरू किन एउटै लाइनमा हिंड्छन् त ?
कमिला संसारमा जताततै पाइन्छ। पृथ्वीमा धेरै प्रजातिका कमिला पाइन्छ। रानी कमिला, भाले कमिला र पोथी कमिला सधैं सँगै बस्छन् र आफ्नै परिवार बनाउँछन्।
भाले कमिलाका पखेटा हुन्छन् भने पोथी कमिलाका पखेटा हुँदैनन्। कमिलाहरूलाई सामाजिक भन्न सकिन्छ, किनकि तिनीहरू सधैं बथानमा घुम्छन् ।
सबैभन्दा अचम्मको कुरा के छ भने कमिलाको आँखा देखाउन मात्र हुन्छ । कमिलाहरू अन्धो भएकाले देख्न सक्दैनन्। जब कमिलाहरू खानाको खोजीमा बाहिर निस्कन्छन्, तीमध्ये सबैभन्दा पहिला हिड्ने कमिला रानी कमिला हो ।
रानी कमिलाले बाटोमा फेरोमोन नामक रसायन निकाल्छिन्। यसको गन्ध सुँसेपछि अन्य कमिलाहरू पनि लाइनमा यताउता हिँडिरहन्छन् । कमिलाहरू लाइनमा हिंड्नुको कारण पनि यही हो ।
कमिला संसारमा जताततै पाइन्छ तर अन्टार्कटिकामा मात्र पाइँदैन। ब्राजिलको अमेजन जंगलमा सबैभन्दा खतरनाक कमिला पाइन्छ। उक्त कमिलाले टोकेको बेला शरीरमा बन्दुकको गोली लागेको सरह महसुस हुन्छ ।
यसरी चढ्नुस् सफलताकाे सिँढी
सबैको चाहना सफल, धनी अनि खुशी र सुखी हुने हुन्छ। साेही अनुसार हरेक क्रियाकलापहरू यसैको प्रतिस्वरूप हुन्।सफल, धनी तथ खुशी हुनका लागि हामीले हाम्रो दैनिकिमा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ।
केही उपायहरूबारे चर्चा गरेका छौं :
पैसा कमाउनमात्रै केन्द्रित नहुनुहोस् : कुनै पनि काममा सफलता पाउनका लागि लगाव जरुरी हुन्छ। तपाईंको सफलतामा तपाईंले त्यो काम गर्दा दिने समय, मिहिनेत आदि निर्भर हुन्छन्।
तपाईंले धनी बन्ने सपना देख्दै गर्दा केवल पैसाको पछि मात्रै दगुर्नु भयो भने तपाईंलाई ठेस लाग्न सक्छ। त्यसकारण पहिला आफ्नो दृष्टिकोण बदल्नुहोस्। पैसालाई प्राथमिक लक्ष्यका रूपमा कहिल्यै नलिनुहोस् । पैसा भनेको त काम गरेपछि प्राप्त हुने एक वस्तु मात्रै हो।
सहयोगी बन्नुहोस् : सफल हुने विभिन्न सुत्रहरूमध्ये सहयोग पनि एक सुत्र हो, जसले तपाईंलाई खुशी दिलाउँछ। आर्थिक तथा अन्य तरिकाले अरूलाई सहयोग गर्न सकिन्छ। तपाईंले सहयोग गरेको व्यक्तिले नै तपाईंलाई लक्ष्य प्राप्तिका लागि सहयोग गर्न सक्छन्। विश्वास गर्नुहोस्, तपाईंको सफलता नजिकको मानिसको सफलतामा आधारित हुन्छ ।
पैसाबारे सोच्न बन्द गर्नुस्, सेवा बारे सोच्नुस् : तपाईंको नजिक केही ग्राहक छन् भने तपाईं पैसा कमाउनमा बढी जोड दिन थाल्नुहुन्छ । तपाईंको बानी नै हर काममा पैसाको हिसाब गर्ने हुन जान्छ । तर तपाईंले एक हजार मानिसलाई मात्रै पनि सहयोग गर्नुभयो भने तपाईंलाई अन्य लाभ पनि प्राप्त हुन्छ ।
समय तालिका अनुसार चल्नुहोस् : आफ्नो काममा केन्द्रित हुनका लागि तपाईंलाई समयको आवश्यकता हुन्छ । त्यसकारण तपाईंले समयतालिका बनाउनुहोस् र सोही अनुसार चल्ने बानी बसाल्नुहोस् । यसले तपाईंलाई लक्ष्य प्राप्तिका लागि थप सहज बनाउँछ ।
कामको आफैं मूल्यांकन गर्नुहोस् : आफूले गरिरहेका कामले सफलता दिलाउँछ ? यसबारे तपाईंले आत्मसमीक्षा गर्नु अत्यन्तै आवश्यक हुन्छ । हरेक दिनको कामको समीक्षा तपाईं रातमा गर्न सक्नुहुन्छ। यस्तै हरेक हप्ता समीक्षा गर्नुहुन्छ। यस्तो बानीले तपाईंलाई सफल बनाउन उत्प्रेरित गराउँछ।