थारू र मुस्लिमलाई मधेशीबाट हटाउने आयोगको निर्णय

काठमाडाैं । मधेसी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको सूची बाट हटाउने निर्णय गरेको छ । आयोगको मसिंर २० गते बसेको बैठकले नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले बताए ।

मधेसी आयोगले गरेको निर्णय कार्यान्वयनको लागि आयोगकी उपसचिव सबिता डङ्गोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छिन् ।

थारु र मुस्लिम समुदायका विभिन्न संघ-संगठनहरुले थारु र मुस्लिम समुदायको छुटै पहिचान र सभ्यता रहेको र सो मधेसी समुदायसँग नमिल्ने भएकोले मधेसी क्लस्टरमा आफूहरूलाई नराख्न मधेसी आयोगमा उजुरी दिएका थिए ।

आयोगका अध्यक्ष डा. दत्तका अनुसार सो उजुरी माथि आयोगले निर्णय लिदै थारु र मुस्लिम लाई मधेसी बाट हटाउने निर्णय गरेको हो ।

मधेसी आयोगले २०७८-७९ को वार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष थारु र मुस्लिम सहित १४९ जात लाई मधेसीको रूपमा सिफारिस गरेको थियो ।

सामुदायिक विद्यालयले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रलाई सहयोग पुग्नेगरी दक्ष जनशक्ति उत्पादनमा सामुदायिक विद्यालयहरुले ध्यान दिनुपर्ने बताएकी छिन् ।

मंगलबार बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको विकासका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको भन्दै दक्ष जनशक्ति उत्पादनको आधार निर्माणका लागि सामूदायिक विद्यालयहरुले ध्यान दिनुपर्ने बताएकी हुन् ।

उनले मुलुकभित्रै प्राविधिक एवम् व्यवहारिक शिक्षा प्रदान गरी अध्ययनका लागि विदेश जाने युवा जनशक्तिलाई रोक्नुपर्ने अहिलेको आवश्यता भएको धारणा व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले केन्द्र, प्रदेश र स्थानीय तहले सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक पूर्वाधारमा विशेष ध्यान दिन जरुरी रहेको पनि बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *