सुनको मूल्य एकैदिन तोलामा एक हजारले बढ्यो, कतिमा हुँदैछ काराेबार

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख एक हजार रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुन तोलाको एक लाख रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ कारोबार भएको छ ।

यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

‘सरकार र निजी क्षेत्रबीच समन्वय हुन आवश्यक’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विकासका लागि सरकार र निजी क्षेत्रबीच समन्वय हुन आवश्यक रहेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) छैटौँ महासभामा उनले यस्तो बताएका हुन् ।

उनले निजी क्षेत्रले गर्न खोजेको योगदान र विकासका सहकार्यमा अवरोध भएको उल्लेख गरे । “नेपालीले चाहेको आर्थिक समृद्धि हो । अब सबैले यसतर्फ ध्यान दिनुपर्छ,” उनले भने ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रले थप पुँजी ल्याउन सक्ने अवस्था नरहेको र भएको सम्पत्ति पनि बैंकको नाम रहेको बताए ।

उनले निजी क्षेत्रको मुख्य समस्या तरलता अभाव र ब्याज वृद्धि भएको समेत बताए । निजी क्षेत्र पारदर्शी भएर जान चाहेको उनको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *