सर्वोत्तम र रिलायन्स स्पिनिङको आईपीओ खुल्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिलले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न आवेदन दिएको पाँच महिनापछि बोर्डले कमेन्ट पठाएर आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको हो ।

सर्वोत्तम सिमेन्टले गत असार २८ गते र रिलाइन्सले ३१ गते बोर्डमा आवेदन दिएका थिए । हाल सर्वोत्तम ६० लाख कित्ता प्राथमिक सेयर प्रिमियममा निष्कासन गर्ने योजनामा छ ।

त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स १९ लाख २६ हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्ने तयारीमा छ । रिलायन्सले सात लाख ७० हजार ६४० कित्ता र सर्वोत्तमले २४ लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ ।

दुवैको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । त्यस्तै, सर्वोत्तमको सह–बिक्री प्रबन्धकमा एनआईबीएल र प्रभु क्यापिटल रहेका छन् ।

कैलालीसहित पश्चिम तराईमा शीतलहर

कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ ।

बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको छ । बिहानी कक्षा सञ्चालन हुने क्याम्पस र विद्यालयमा पठनपाठन प्रभावित बनेको छ ।

लम्की बहुमुखी क्याम्पसमा विविएस चौथो वर्षमा अध्ययनरत दुर्गा न्यौपाने जाडोका कारण पढ्न जान नसकेको बताउछिन्। यस्तै व्यवस्थित नगरकी निर्मला विनाडी किसान बहुउद्देशीय सहकारीमा काम गर्छिन् । उनि सधैँ बिहान घरबाट लम्की हुँदै बौनियासम्म स्कुटर चलाएर जाने गरेपनि आज भने काममा जान नसकेको बताउछिन् ।

बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । शीतलहर सुरु भएपछि कैलालीका तरकारी खेती गर्दैआएका किसान चिन्तित भएका छन् । लम्कीका किसान जगनाथ जैशीले करिब दुई कट्ठा जग्गामा आलु तथा तरकारी खेती लगाएका छन्। बाक्लो हुस्सु र शीतलहरका कारण सबै सखाप हुने हो की भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।

जाडोयाम सुरु भएपछि कसरी आफ्नो छोराछोरी र घरपरिवारलाई न्यानो बनाउने भन्ने चिन्ता लम्कीचुहा–३ वादी बस्तीकी रमा वादीलाई छ । बर्सातको समयमा बाढी र डुबान तथा हिउँदको समयमा जाडोका कारण बल्चौरस्थित वादी बस्तीका बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुँदै आएका छन् । शीतलहरबाट कञ्चनपुरको जनजीवनसमेत प्रभावित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *